Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

नेपालगञ्ज – जापान सरकारले बाँकेका दुई वटा स्वास्थ्य चौकी भवन बनाइदिएको छ । जापान सरकारको सहयोगमा आड्रा नेपाल र इन्रुडेकले जिल्लाका खासकुश्मा र कचनापुर स्वास्थ्य चौकीको मर्मत, नविकरण गर्दै उपकरण सहयोग गरेको हो ।

दुवै स्वास्थ्य चौकीको प्रसुती भवनको मर्मत र नविकरण गर्न ३२ लाख बढी खर्च भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नं. १ मा खासकुश्मा स्वास्थ्य चौकीमा साउनयता ५३ जनाले प्रसुती सेवा लिएका छन् । अनमी सोफिया खड्काका अनुसार, दिनमा तीन जनासम्म गर्भवती सुत्केरी हुन आउँछन् । यो बीचमा १५ जनालाई रिफर गरिएको छ । वडा नं. २ मा पर्ने कचनापुर स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट जगतराम चौधरीले साउनयता ४७ जना सुत्केरी भएको बताए ।

जापान सरकारको सहयोगमा बाँकेमा सञ्चालित नवजात शिशु तथा बाल स्वास्थ्य सुधार परियोजनाअन्तर्गत खासकुश्मा र कचनापुर स्वास्थ्य चौकीकोे प्रसुती गृह भवन मर्मत, नविकरणसँगै उपकरण सहयोग गरिएको हो । नविकरण गरिएका भवनमा सुरक्षित प्रसुती कक्ष, सुत्केरी सेवा कक्ष, निर्मलीकरण कर्नर, कर्मचारी आवास कक्षलगायत बाथरुम, शौचालय, सेप्टि ट्यांक, प्लासेन्टा पिटको निर्माण तथा स्तरोन्नति गरिएको छ ।

दुवै भवनलाई गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । जापानीज राजदुताबासका प्रथम सचिव आचुमी शिमिजु, जिल्ला समन्वय समिति, बाँकेका संयोजक अजय श्रीवास्तव, आड्रा नेपालका राष्ट्रिय निर्देशक लेटन फ्लेचर, आड्रा नेपालका परियोजना व्यवस्थापक युका ओनिसी, जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाह, इन्रुडेकका धर्मलाल रोकायले मर्मत, नविकरण गरेका भवनसँगै उपकरणहरु राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुलाई हस्तान्तरण गरे ।

आड्रा नेपालका राष्ट्रिय निर्देशक लेटनका अनुसार, परियोजनाले बाँकेको भेरी अस्पताललगायत ४८ वटा सरकारी स्वास्थ्य संस्थामा नवजात शिशु तथा बाल स्वास्थ्य सेवाका लागि उपकरण उपलब्ध गराउने तथा ६ वटा स्वास्थ्य संस्थामा भौतिक पूर्वाधार निर्माण र स्तरोन्नति गर्ने योजनासहित काम गरिरहेको छ ।

तपाईको प्रतिक्रिया