Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ । शुक्रबार छापावाला सुनको मूल्यले ७८ हजार १ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ ।

बिहीबार प्रतितोला ७७ हजार ६ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले शुक्रबार ५ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो । त्यसैगरी, तेजाबी सुनको मूल्य ७७ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आजका लागि चाँदीको मूल्य प्रतितोला ९ सय १५ रुपैयाँमा कायम छ। अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ ।

विश्व बजारमा सुनको मूल्य बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावको प्रभावलाई लिइएको छ । पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तरकोरिया बीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ ।

तपाईको प्रतिक्रिया