Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – पैसा हुने वित्तिकै घर जग्गामा लगानी गरेकाहरुको पछिल्लो समयको आकर्षण भएको छ अमेरिका र अष्ट्रेलियासँगै युरोपेली देशहरुमा जानेहरुको बैक ब्यालेन्स ‘सो’ गरिदिने । निश्चित रकम कमिशन लिएर पैसा देखाइदिए वापत राम्रो कमाइ हुने भएकाले राजधानीमा यस्तो व्यवसाय फष्टाउँदै गएको छ । तर वैदेशिक रोजगारी नेपालीहरुका लागि महंङ्गो बन्दै गएको छ ।

अष्ट्रेलिया र अमेरिका जानको लागि ४० लाख रुपियाँसम्म रकम देखाए वापत वैदेशिक रोजगारीमा जाने नेपालीले दुई लाख रुपियाँसम्म बुझाउनु पर्ने बाँध्यता रहेको छ । विदेशमा गएका नेपालीको केही समस्या भएमा आफन्तको नाममा रहेको बैंक खाताको रकम प्रयोग गर्ने उदेश्यले त्यस्तो रकम देखाउनु पर्ने बाँध्यता भएकाले पैसा नहुनेहरुले दुई लाख रुपियाँसम्म तिर्ने गरेका छन् । त्यसको जिम्मेवारी शैक्षिक परामर्श केन्द्रहरुले गर्ने गरेका छन् ।

आपसी सहमती भएकाले प्रहरीले निश्चित नाफा खाने र थोरै समयमा धेरै पैसा आर्जन गर्ने काम हुँदै आएपनि प्रहरीले चाहेर पनि कसैलाइ पक्राउ गर्न सकेको छैन । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले भन्नुभयो- आपसि सहमती हुने भएकाले प्रहरीले कारवाही प्रक्रिया अघि बढाउन सकेको छैन । यसरी लगानी गर्नेहरु सधै सुरक्षित भने हुँदैनन् ।

महानगरीय अपराध महाशाखाको टोलीले भक्तपुरबाट अमेरिका जान भिसा प्रोसेसका लागि बैक ब्यालेन्स् देखाउन भनी ६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई भक्तपुर ठिमीबाट आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बागलुङ जिल्लाको बागलुङ नगरपालिका-२ पयुपाटा कुँवर टोल घर भइ ललितपुर ईमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेपलाञ्चोक चौरीदेउराली घर भई ललितपुर ईमाडोल बस्ने ३४ वर्षीय गणेश लामा रहेका छन् ।

काठमाडौं तार्केश्वर नगरपालिका-२ बस्ने नुवाकोटकी महिलालाई कुँवरले अमेरिका जानको लागि बैक ब्यालेन्स् देखाउनुपर्ने भन्दै विभिन्न प्रलोभनमा पारी आफ्नो बैंकका खातामा ६० लाख रुपैयाँ राख्न लगाई रकम राखेको भोलीपल्ट बैंकबाट विभिन्न शाखाबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमतीपत्र राखी रकम निकाली ठगी गरी सम्पर्क विहिन भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । -गोरखापत्रबाट

तपाईको प्रतिक्रिया