Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – कोरोना भाइरस जन्मिएको शहर ऊहानको उचाङ्ग अस्पतालका निर्देशक लिउ झिमिङको मंगलबार बिहान निधन भएको छ । चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले उनको निधनबारे जानकारी दिएको छ ।

कोरोना भाइरसद्वारा संक्रमित झिमिङको उपचारको क्रममा स्थानीय समयानुसार बिहान साढे १० बजे निधन भएको जनाइएको छ । कोरोना भाइरसको उपचारमा संलग्न डाक्टरकै निधन भएपछि यसले थप हलचल पैदा गराएको छ ।

करिब दुई हप्ताअघि कोरोना भाइरसको महामारीबारे पहिलो पटक चेतावनी दिने डाक्टर लि वेन्लियाङको पनि निधन भएको थियो । कोरोना भाइरसबाट सोमबारसम्म एक हजार ८७३ जनाले ज्यान गुमाएका छन् भने ७३ हजार ४३३ जना संक्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया