Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

टोकियो – जापानको योकोहामामा रोकेर राखिएको डायमण्ड प्रिन्सेस क्रुज नामको जहानमा रहेका ३ हजार ७ सय यात्रुमध्ये ३ सय ५५ मा कोरोना (कोविड-१९)को संक्रमण देखिएपछि जहाजमै आतंकको सिर्जना भएको छ ।

अमेरिकाले सोमवार आफ्ना ४ सय नागरिकलाई जहाजबाट फिर्ता लागेको थियो । बाँकी रहेका यात्रुलाई जापान सरकारले करीब २ हजार आइफोन बाँडेको छ । जहाजमा प्रत्येक क्याविनका लागि एउटाका दरले आइफोन बाँडिएको हो । आइफोनमा रहेको विशेष एप्लिकेसनको माध्यमबाट यात्रुले डाक्टर र मनोवैज्ञानिकहरूसँग सम्पर्क गर्न पाउनेछन् ।

यात्रुमध्ये एक डेविड अबेलले आफूहरू डिप्रेसनमा पुग्न लागेको बताएका छन् । ‘सुस्त सुस्त डिप्रेसनको माहोल बनिरहेको छ,’ डेविडलाई उदृत गर्दै बीबीसीले जनाएको छ । चीनबाट टाढा हुँदा हुँदै पनि कोरोनाले जहाजका यात्रुलाई कसरी संक्रमणको चपेटामा पार्यो भन्ने प्रश्नको उत्तर जापानी स्वास्थ्यकर्मीहरूले खोजिरहेका छन् ।

संक्रमण भएका यात्रुलाई जहाजमै रहेको अस्पतालमा राखिएको छ । अन्य भने डराइरहेका छन् । अमेरिकाले सोमवार बिहान आफ्ना नागरिकहरूलाई जहाजबाट उद्दार गरेको हो । जापानको समाचार संस्था क्योदोका अनुसार अमेरिकाले सोमवार बिहान करीब ४ सय जना अमेरिकी नागरिकलाई उद्दार गरिएको हो ।

तपाईको प्रतिक्रिया