Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – माइग्रेनको नाम सुन्नेबित्तिकै टाउको दुख्ने रोगको छवि दिमागमा बसिहाल्छ । तर माइग्रेनका कारण पेट पनि दुख्छ भन्ने तपाईंलाई थाहा छ ?

पेटमा हुने माइग्रेनलाई एब्डोमिनल माइग्रेन भनिन्छ । यसले पेट बेस्सरी दुख्ने, बटारिने, थकाइ लाग्ने र बान्ता आउने हुन सक्छ ।

पेटको माइग्रेन सामान्यतया आनुवंशिक हुन्छ र साना बच्चालाई यसले सताउँछ । मातापितालाई माइग्रेन छ भने बच्चाहरूलाई यो समस्या हुन्छ । बच्चामा पनि नानीहरूलाई यो समस्याले बढी सताउने गरेको छ ।

बाल्यकालमा एब्डोमिनल माइग्रेनको समस्या भएकाहरूलाई टाउकोको माइग्रेन हुने सम्भावना बढ्छ ।

एब्डोमिनल माइग्रेनको सही कारण पत्ता लाग्न सकेको छैन तर चिकित्सकहरूका अनुसार शरीरमा बन्ने दुई कम्पाउन्डहरू हिस्टामाइन र सेरोटोनिन यो पीडाका लागि जिम्मेवार हुन्छन् । शरीरमा भएका यी दुई कम्पाउन्ड नै धेर चिन्ता गर्ने र अवसादको कारण बन्छन् ।

चाउचाउमा प्रयोग हुने मोनोसोडियम ग्लूटामेट वा एमएसजी, प्रोसेस गरिएको मासु र चकलेटको अत्यधिक सेवनले शरीरमा यी दुई कम्पाउन्ड बनाउँछ । कहिलेकाहीँ धेरै हावा निल्दा पनि एब्डोमिनल माइग्रेन हुन पुग्छ ।

लक्षण

पेटमा चर्को पीडा

पेट पहेंलो देखि थाल्नु

दिनभरि थकान र सुस्तता

भोक कम लाग्ने र खान पिउन मन नलाग्ने

आँखामुनि कालो घेरा

सामान्यतया एब्डोमिनल माइग्रेनको लक्षण पहिलेबाटै देखिँदैन । कहिलेकाहीँ यसको पीडा आधा घन्टामा नै ठीक हुन्छ भने कहिलेकाहीँ दुईचार दिनसम्म बस्छ ।
लक्षण देखिनेबित्तिकै चिकित्सककहाँ गइहाल्नुपर्छ ।

 

तपाईको प्रतिक्रिया