Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – चीनमा महामारिका रुपमा फैलिएको नोवेल कोरोना भाइरसका कारण युरोपमा पहिलोपटक एकजनाको मृत्यु भएको छ । कोभिड–१९ नाम दिइएको नोवेल कोरोना भाइरसको संक्रमणका कारण फ्रान्समा एकजनाको मृत्यु भएको हो ।

फ्रान्स घुम्न पुगेका चीनको हुबेइ प्रान्तका ८० वर्षका व्यक्ति रहेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । एसिया बाहिर पहिलोपटक कोरोनाका कारण व्यक्तिको मृत्यु भएको घटना हो यो ।

ती व्यक्ति नोवेल कोरोना भाइरसको इपिसेन्टरका रुपमा रहेको हुबेइबाट जनवरी १६ मा फ्रान्स पुगेका थिए । उनलाई जनवरी २५ देखि अस्पतालमा क्वारेन्टाइनमा राखिएको थियो । योसँगै चीनबाहिर चार जनाको ज्यान गएको छ । नोवेल कोरोना भाइरसका कारण चीन बाहिर हङकङ, फिलिपिन्स, जापान तथा फ्रान्समा एक–एक जनाको मृत्यु भएको हो ।

यसैबिच चीनको स्वास्थ्य संगठनले आइतबार प्रदान गरेको पछिल्लो जानकारी अनुसार हुबेइमा थप १३९ जनाको मृत्यु भएको छ । चीनमा नोवेल कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १६ सय भन्दा बढी पुगेको छ ।

आइतबार दिइएको जानकारी अनुसार हुबेइमा थप १८ सय ४३ जनामा नयाँ संक्रमण देखिएको छ । चीनमा अहिलेसम्म ६८ हजार भन्दा बढीमा नोवेल कोरोनाको संक्रमण पुष्टि भएको छ ।

चीन बाहिर २६ देशमा ५०० जना भन्दा बढीमा नोवेल कोरोनाको संक्रमण भएको छ । संक्रमण नियन्त्रणका लागि खटिएका १७ सय १६ जना स्वास्थ्यकर्मीमा संक्रमण भएको छ । अहिलेसम्म नोवेल कोरोनाका कारण ६ जना स्वास्थ्यकर्मीको मृत्यु भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया