Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – प्राणघातक कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एक हजार ५२६ पुगेको छ । यो भाइरसका कारण संक्रमित हुनेको संख्या ६७ हजार नाघेको छ ।

कोरोना भाइरसका कारण शुक्रबार मात्रै चीनमा १३९ जनाको ज्यान गएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार भाइरसको उद्गमस्थल हुबेईमा मात्रै शुक्रबार ११६ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसका कारण फिलिपिन्स, हङकङ र जापानमा एक–एक जनाको मृत्यु भएको छ । चीनमा मृत्यु हुने एक हजार ५२३ मध्ये एक हजार एक सय २३ हुबेईकै मात्रै भएको जनाइएको छ ।

शुक्रबार चीनमा थप दुई हजार ६४१ जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६७ हजार एक सय पुगेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । जसमध्ये ६६ हजार ४९२ संक्रमित चीनकै छन् । त्यस्तै आठ हजार १४१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया