Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – आयुर्वेद विश्वकै प्राचीन चिकित्सा पद्धति हो । आयुर्वेदिक औषधि प्राकृतिक जडीबुटीबाट बन्ने गर्छ । खासगरी बोटबिरुवा, जनावर र खनिजपदार्थ आयुर्वेदिक औषधिका स्रोत हुन् । आयुर्वेदिक औषधिमा केमिकलको प्रयोग गरिँदैन र यसको सेवनबाट साइड इफेक्ट पनि हुँदैन । आयुर्वेदिक चिकित्साअन्तर्गत व्यक्तिको शारीरिक तथा मानसिक अवस्था हेरेर योग, पञ्चकर्म, क्षारसूत्रलगायत विभिन्न पद्धतिबाट उपचार गरिन्छ ।

उपचार पद्धति
आर्युवेदिक औषधिको प्रयोगबाट जुनसुकै रोगको उपचार सम्भव छ । रोगको अवस्था हेरेर जडीबुटीको प्रयोग गरिन्छ । भुइँअमला, त्रिफला, चिराइतो, कुट्की, तितेपाती, निम, सतावरी, अतिसार, बेल, पाँचऔँले, मधुमेहा, अश्वगन्धालगायत आयुर्वेदमा प्रयोग हुने मुख्य जडीबुटी हुन् । यस्ता जडीबुटीको प्रशोधन गरेर विभिन्न रोगको औषधि बनाइन्छ ।

कुन–कुन रोगको उपचार ?
आयुर्वेदिक उपचार पद्धतिबाट सबैखाले रोगको उपचार गर्न सकिन्छ । खासगरी ब्याक्टेरियल, भाइरल र फन्गल इन्फेक्सनजस्ता सरुवारोगको उपचार सम्भव छ । जडीबुटीजन्य औषधिबाट यस्ता रोग निको पार्न सकिन्छ ।

आयुर्वेदिक औषधिको प्रयोगले रोग निको हुन बढी समय लाग्छ भन्ने आममानिसमा भ्रम रहेको पाइन्छ, जुन सत्य होइन । अनुपात (कुन वस्तुसँग के मिसाएर खाने भन्ने) मिलाएर यस्ता औषधि सेवन गरेमा छोटो समयमै रोग निको हुन्छ ।

नसर्ने रोग अहिलेका विकराल समस्या हुन् । जीवनशैली र रहनसहनका कारण यस्ता रोग बल्झिने गर्छन् । तसर्थ, उपचारसँगै जीवनशैली पनि परिवर्तन गर्नुपर्ने हुन्छ ।

रोगको अवस्था हेरेर चिकित्सकको सल्लाहमा औषधि सेवन गर्दा हरेकखाले स्वास्थ्य समस्याबाट बच्न सकिन्छ ।

तपाईको प्रतिक्रिया