आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गतको अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध शानदार विजयी हात पारेको छ । नेपालले अमेरिकामाथि ८ विकेटको विजय हात पारेको हो ।

ओपनर ज्ञानेन्द्र मल्ला १ र सुवास खकुरेल शून्यमै आउट भएपछि पारस खड्का र दीपेन्द्र सिंह ऐरीको जोडीले ५.२ ओभरमा ३५ रनको लक्ष्य भेट्टाएको थियो । नेपाल लागि पारस खड्काले १२ बलमा २० रन दीपेन्द्रले ९ बलमा ९ रन बनाए ।

यसअघि अमेरिकाले १२ ओभरमै सबै विकेट गुमाएर ३५ रनमात्र बनाउन सक्यो । सन्दीप लामिछाने सुशन भारीको कशिलो बलिङले अमेरिकाले न्युन स्कोरमा खुम्चिएको थियो । अमेरिकाविरुद्ध सन्दीपले ६ र सुशन भारीले ४ विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया