आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमााडौ – अमेरिकाले एमसीसी सम्झौता कार्यान्यनमा गइसकेकोले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको छ । एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिकामा मामिला सम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालको चारदिने भ्रमणका क्रममा सत्तारुढ दलका नेताहरुलाई अमेरिकाको धारणा प्रष्ट पारेका थिए ।

कार्यान्वयनको चरणमा गएपछि परिर्वतनको गुञ्जायास नहुने भन्दै ब्रुक्सले स्पष्ट सन्देश दिए –‘अबको परिवर्तन अमेरिकाकलाई मान्य हु्दैन ।’ सत्तँरुढ दल नेकपा भित्र एमसीसी सम्झौता संशोधन गरी अनुमोदन गर्न सकिने चर्चा उठेको बेला अमेरिकाको यस्तो चेतावनी आएको हो ।

तपाईको प्रतिक्रिया