आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको छ । ललितपुर उपमहानगरपालिका-२, सानेपास्थित घरमा सोमबर बिहान अचेत अवस्थामा भेटिएकी कार्कीलाई उपचारका लागि स्टार अस्पताल पुर्‍याइए पनि अस्पतालले पहिले नै मृत्यु भइसकेको बताएको थियो ।

घटनाको अनुसन्धानमा संलग्न प्रहरी उच्च स्रोतका अनुसारकामदार विजय चौधरीको पनि झुण्डिएकै कारण मृत्यु भएको देखिएको छ । ‘पोस्टमार्टममा संलग्न चिकित्सकहरुका अनुसार कार्कीको मृत्युको कारण स्ट्रांगुलेसन (घाँटी थिचिएका कारण) हो । मृतकमा म्यासिभ हेड इन्जुरी देखिएको पनि मृत्युको कारण भने स्ट्रांगुलेसन नै हो,’ उनले भने, ‘यस्तै चौधरीको मृत्यु पनि झुण्डिएकै कारण भएको देखिएको छ ।’

महानगरीय प्रहरी परिसर ललितपुरले कार्कीको घाँटीमा डोरीले कसेर र टाउकामा पिर्काले हानेर हत्या गरी कामदार चौधरीले आत्महत्या गरेको यसअघि नै दाबी गर्दै आएको छ । प्रहरी स्रोतका अनुसार कार्कीको हत्या पछि चौधरीले आत्महत्या गरेको स्पष्ट भइसकेका कारण घटना हुनुको पछाडिको कारण पहिलाउने तर्फ अनुसन्धान केन्द्रित गरिएको छ ।

तपाईको प्रतिक्रिया