टोकियो – जापानमा थप ६५ जनालाई कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । पानी जहाजमा आएकाहरुलाई परीक्षण गर्दा थप ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको हो ।
अहिले थपिएको संख्यासँगै जापानमा कोरोना भाइरस सङ्क्रमित हुनेहरुको संख्या १३५ पुगेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् । पछिल्लो पटक शंका लागेका कुल १०३ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा ६५ जनाका सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य अधिकारीहरुको भनाई छ ।
मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तीमा कोरोना सङ्क्रमित हुनेहरु कुन देशका नागरिक हुन भन्नेबारेमा खुलाइएको छैन । उनीहरुको परीक्षण अझै पनि जारी रहेको वक्तव्यमा उल्लेख गरिएको छ ।
पानी जहाजका कर्मचारीहरूले भने ६६ जनामा भाइरसको सङ्क्रमण भएको र उनीहरुमध्ये अधिकांश जापानका नागरिक भएको बताएका छन् । कर्मचारीहरूका अनुसार जापान बाहेक अष्ट्रेलिया, फिलिपिन्स, क्यानडा, बेलायत र युक्रेनका नागरिकहरू पनि रहेका छन्।