Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – कोरोना भाइरससँग जुधिरहेको चीनले रोकथामका लागि नयाँ-नयाँ उपाय अपनाइरहेको छ । चीनका अस्पतालहरूमा उपचार गराइरहेका बिरामीको खाना र औषधि राेबाेटको मद्दतबाट पुर्‍याउने काम भइरहेको छ । डाक्टर र सपोर्टिङ स्टाफलाई संक्रमण नहोस् भनेर चीनले राेबाेटलाई काम गराइरहेको छ ।

यसबाहेक ड्रोनको मद्दतबाट सरकारले मानिसहरूलाई मास्क लगाउन र अन्य जरुरी घोषणा गरिररहेको चिनियाँ सञ्चारमाध्यमले जनाएको छन् । चीनमा कोरोना भाइरसको प्रकोपका बारेमा सबैभन्दा पहिले चेतावनी दिने डाक्टर ली वेनलियाङको ७ फेब्रुअरीमा संक्रमणपछि मृत्यु भएको थियो । उनी पीडितको उपचार गरिरहेका थिए ।

बिरामीहरू अस्पतालमा पाइरहेको सुविधाबारे जानकारीहरू ट्विटरमा सेयर गरिरहेका छन् । एक प्रयोगकर्ताले भिडियो पोस्ट गरेका छन्, जसमा बिरामीलाई राेबाेटले खाना दिइरहेको छ भने औषधि वितरण गरिरहेको देख्न सकिन्छ । अर्का बिरामीले पनि ट्वीट गरेका छन्, ‘मैले यहाँ सबै सुविधा पाएको छु ।’

राेबाेटलाई स्टाफलाई जसरी प्रशिक्षित गरिएको छ । राेबाेट भाइरस फैलिनबाट रोक्न मद्दत गर्न सक्छ । उसले आइसोलेसन वार्डमा बिरामीलाई खाना दिन्छ र प्लेट हटाउँछ ।

तपाईको प्रतिक्रिया