Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – जुठो खाँदा हङकङमा एकै परिवारका नौं जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । आपसमा जुठो खाना खाएपछि उनीहरूलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

एकै परिवारका उनीहरूले आपसमा हाटपट र बार्बेक्यु खाना साटासाट गरेर खाएका साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । यही जनवरी २६ मा हङकङको कुवुन टोङस्थित लेन्टो पार्टी कोठामा भेला भई एकै परिवारका ती नौं जनाले खानपान गरेका थिए ।

तर तीमध्ये पहिले कसलाई संक्रमण थियो र सबैलाई सर्‍यो अथवा त्यो खानामै भाइरस थियो भन्ने विषयमा समाचारमा विस्तृत खुलाइएको छैन ।

हङकङका स्वास्थ्य अधिकारीहरूले कोरोना सार्ने माध्यम पत्ता लगाउन निकै चुनौती रहेको बताएका छन् । उनीहरूका अनुसार यसको संक्रमण भएपछि शुरुमा केवल हल्का फ्लुज स्तो लक्षण देखापर्न सक्छ ।

तपाईको प्रतिक्रिया