Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

चितवन – चितवनमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जारी धनधान्याचल महोत्सवमा शनिबार एकै दिन १५ करोड संकलन भएको छ । यसअघि शुक्रबार एकैदिन ९ करोड, बिहीबार एकैदिन ५ करोड संकलन भएको थियो ।

हरेक दिन सहयोग रकम जुट्ने क्रम बढ्दै गएको महोत्सव मूल आयोजक समितिका संयोजक एवं प्रदेश सांसद विजय सुवेदीले बताए । हरेक दिन विभिन्न संघसंस्था तथा व्यक्तिले महोत्सवस्थलमै पुगेर सहयोग हस्तान्तरण गरिरहेका छन् ।  शनिबार वागमती प्रदेशका तर्फबाट रंगशालालाई १० करोड दिएको छ । मुख्यमन्त्री आफैँ रंगशालामा पुगेर उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । उनले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका थिए ।

बालकुमारी कलेज १२ लाख, इच्छाकामना गाउँपालिकाले ११ लाख ११ हजार, सप्तगण्डकी क्याम्पसले ६ लाख १ हजार र तारापुञ्ज सहकारी तीन लाख सहयोग गरेको महोत्सव मूल आयोजक समितिका सह कोषाध्यक्ष नवराज सापकोटाले बताए । चितवनको भरतपुर महानगरपालिका १५ रामपुरमा निर्माणाधीन रंगशाला परिसरमा धनधान्याचल महोत्सव १९ गतेदेखि जारी छ । ५० करोड सहयोग रकम जुटाउने उद्देश्यका साथ जारी महोत्सव माघ २६ गतेसम्म सञ्चालन हुने छ । रंगशाला निर्माणका लागि ३ अर्ब लाग्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया