Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – चीनबाट सुरु भई विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या शनिबारसम्म ७२२ पुगेको छ । मृत्यु हुनेमध्ये दुईजना विदेशी पनि रहेको चिनियाँ अधिकारीहरूले जानकारी दिएका छन् ।

चिनियाँ अधिकारीहरूले ६० वर्षीय एक अमेरिकी नागरिकको वुहानमा बिहीबार मृत्यु भएको जानकारी दिए पनि अन्य विवरण भने दिएका छैनन् । त्यसैगरी, अर्का एकजना ६० वर्षीय नै जापानीको पनि कोरोना भाइरसकै कारण वुहानमै मृत्यु भएको छ। जापानको विदेश मन्त्रालयले घटनाको पुष्टि गरेको समाचारमा जनाइएको छ ।

सरकारी अधिकारीहरूका अनुसार थप झण्डै ३५ सय जनामा यस भाइरसको संक्रमण देखिएको छ । कोरोनाका कारण चीनबाहिर भने अहिलेसम्म हङकङ र फिलिपिन्समा दुई व्यक्तिको मृत्यु भएको छ । उनीहरू दुवै चिनियाँ नागरिक नै हुन्। डिसेम्बरको अन्त्यमा चिनियाँ बजार वुहानमा पहिलोपटक देखा परेको नयाँ कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको हो ।

विश्वका झण्डै ३० देशमा यो भाइरसबाट ग्रसित व्यक्ति फैलिएको छ भने तीन देशमा कुल ३२० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसबाट अतिप्रभावित क्षेत्र मानिने उहानमा सरकारले शुक्रबार ११ हजार स्वास्थ्यकर्मी थप गरेको छ। देशका अति क्षमतावान मानिएका आइसियु स्टाफसहितका स्वास्थ्यकर्मीको टोली वुहानमा पठाइएको अधिकारीहरूले जानकारी दिएका छन् ।

उनीहरूमध्ये तीन हजारजना सघन उपचार कक्षमा काम गर्ने चिकित्सक र नर्स रहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका गुओ यानहोङले शुक्रबार बताए । अहिले भइरहेका स्वास्थ्यकर्मीले लामो समयसम्म काम गर्दा उनीहरूलाई शारीरिक तथा मानसिक थकान हुने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया