Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – शुक्रबार मात्रै कोरोना भाइरसका कारण चीनमा ८६ जनाको मृत्यु भएको छ ।संक्रमण सुरु भएपछि एकैदिन मृत्यु हुने यो सबैभन्दा ठूलो संख्या हो । शुक्रबारै ४ हजार नयाँ बिरामी थपिएको चाइना डेलीले जनाएको छ ।

शुक्रबार अबेर प्रकाशित तथ्यांक अनुसार रोगबाट ३४ हजार ५ सय भन्दा बढी संक्रमित भइसकेका छन् ।

यी तथ्यांकले कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न लागि परेका अधिकारीलाई केही निराश बनाएको छ । चीनमा अहिले भाइरसबाट प्रभावित शहरमा युद्धको जस्तो वातावरण देखिन्छ । सम्पूर्ण सवारी साधनहरु ठप्प छ, सडक सुनसान छ । चिकित्सकहरु घर घरमा गएर विरामीको ज्वारो नाप्न थालेका छन् ।

उता जापान र हङकङको बन्दरगाहमा रोकिराखेको दुई क्रुज जहाजमा कोरोना भाइरसबाट संक्रमित विमारी भेटिएपछि हजारौं यात्रु जहाजमै रोकिएका छन् । एउटा जहाजमा संक्रमितको संख्या ६४ पुगिसकेको छ ।

चीनबाट फैलिएको घातक कोरोना भाइरसबाट एक अमेरिकी नागरिकको मृत्यु भएको छ। बेइजिङ स्थित अमेरिकी दुतावासका अनुसार ६० बर्षीय अमेरिकी नागरिकको चीनको वुहानको जिनिन्टन अस्पतालमा मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कोरोना भाइरसबाट मर्ने उनी पहिलो अमेरिकी नागरिक हुन्। अधिकारीहरूले मृतकको पहिचान भने खुलाएका छैनन्। हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ७ सय २५ पुगेको छ । विश्वका २५ भन्दा बढि देशमा फैलिएको यो भाइरसका कारण यसअघि हङकङ र फिलिपिन्समा पनि एक एक जनाको ज्यान गएको छ।***

तपाईको प्रतिक्रिया