Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या दिनदिनै बढ्दै गएको छ । शुक्रबार बिहानसम्म ६ सय ३९ जनको मृत्यु भएको छ । चीनको वुहान शहरबाट कोरोना भाइरस फैलिएको डेढ महिना भएको छ ।

पछिल्लो दुई सातामा मृत्यु हुनेको संख्या अत्यधिक बढ्दै गएको छ । चीनमा ६ सय ३७ तथा फिलिपिन्स र हङकङमा दुई जनाको मृत्यु भएको हो । त्यस्तै, शुक्रबारसम्म कोरोना भाइरस २५ देशमा फैलिएको परीक्षणमा देखिएको छ । विश्व स्वास्थ्य संघका अनुसार, ३१ हजार चार सय ७९ जनामा यसको संक्रमण देखिएको छ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार, कोरोना भाइरसको संक्रमण फैलिने पहिलो पटक चेनावनी दिएका डाक्टरको पनि संक्रमणबाट मृत्यु भएको छ । ३४ वर्षीय डा.लि वानलिङ वुहानमै कार्यरत थिए । उनको बारेमा यस अघि पनि मृत्यु भएको खबर आएको थियो । कोरोना भाइरसबाट संक्रमित भएका उनको बिहीबार मृत्यु भएको समाचार आएको थियो । तर, त्यहि दिन उनी जीवितै रहेको जानकारी दिइएको थियो ।

आज बिहान भने चिनियाँ कम्युनिष्ट पार्टीले प्रकाशन गर्ने पिपुल्स डेलीले उनको मृत्यु भएको समाचार प्रकाशन गरेको छ । वुहान अस्पतालले प्रेस विज्ञप्ति जारी गरि उनको मृत्यु भएको जनाएको छ । कोरोना भाइरसले महामारीको रुप लिएपछि विभिन्न देशले आफ्ना नागरिकलाई फिर्ता लगिसकेका छन् । भारत, श्रीलंका, जापान, सिंगापुर, अमेरिका, बेलायतलागयतका देशले आफ्ना नागरिकलाई फिर्ता लगेका हुन् ।

वुहान र आसपासको क्षेत्रमा रहेका १८० नेपाली नागरिकले पनि स्वदेश फर्किन निवेदन दिएका छन् । उनीहरूले निवेदन दिएको दुई साताभन्दा बढी भएको छ । तर, सरकारले अझै ल्याउन सकेको छैन । शुक्रबारको छलफलमा उनीहरूलाई ल्याएर काठमाडौं र भक्तपुरका चार स्थानमा राख्ने तय भएको छ । तर, अझै उनीहरूलाई कहिले ल्याउने भन्ने एकीन भएको छैन ।

नेपाल फर्किन निवेदन दिएका विद्यार्थीका अभिभावकले शुक्रबार स्वास्थ्य मन्त्रालय पुगेर दबाब समेत दिएका छन् । उनीहरूले तत्काल आफ्ना छोराछोरीलाई स्वदेश फर्काउन माग गरेका छन् ।

तपाईको प्रतिक्रिया