Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ –  विश्व बैंकले भूकम्पीय आवास पुनःनिर्माण आयोजना कार्यान्वयनका लागि सरकारलाई २२ अर्ब ८० करोड ऋण सहायता उपलब्ध गराउने भएको छ।

अर्थ मन्त्रालयका अनुसार दोस्रो चरणमा उक्त र्बैंकले थप ऋण सहायता उपलब्ध गराउनेसम्बन्धी वित्तीय सम्झौतामा बिहीबार सम्बद्ध अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम छ।

विश्व बैंकले नेपाललाई दिने ऋण यसअघि स्वीकृत गरिसकेको थियो।

नेपालमा विश्व बैंकले संचालन गरिरहेको अर्थक्वीक हाउजिङ रिकन्स्ट्रक्सन्स प्रोजेक्ट )एचआरपी–भुकम्पले भत्काएका घरको पुनःनिर्माणका लागि बनाइएको परियोजना‌) मार्फत् रकम खर्च हुनेछ।

परियोजनाको दोस्रो चरणको कामका लागि नेपालले उक्त ऋण सहयोग प्राप्त गर्न लागेको हो।

भूकम्पबाट प्रभावित निजी आवासतर्फ थप ८६ हजार ६८० घरको पुनर्निर्माणका लागि यो ऋण सहयोग गर्नेगरी विश्व बैंकल सो रकम उपलब्ध गराएको हो।
बैंकले दिएको उक्त रकम भूकम्पबाट अति प्रभावित ३२ जिल्लाका भूकम्प पीडितको घर पुनःनिर्माण खर्च हुने बताइएको छ।

सन् २०१५ मा विश्व बैंकले ५५ हजार घरको पुनःनिर्माण लागि ऋण सहयोग गरेको थियो।

यससँगै सन् २०१७ मा सहायता रकम बढाएर थप ९६ हजार घर पुनःनिर्माणमा सहयोग गरेको थियो।

तपाईको प्रतिक्रिया