Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा  सजग रहन चिकित्सकले सचेत गराएका छन्।

यो रोग भाइरसको संक्रमणले गर्दा लाग्ने भएकाले सरसफाइमा ध्यान दिनुपर्दछ।

राम्ररी हात धुने गरेमा पनि यसको जोखिमबाट बच्न सकिन्छ, त्यही भएर सही तरिकाले हात धुने बानी बसाल्नुपर्छ।

घर, अफिस वा अन्य जुनसुकै स्थानमा गएर कुनै वस्तु छोएमा साबुनपानीले हात धुनुपर्ने ,  सकेसम्म रुघाखोकी लागेका मानिसको सम्पर्कमा आउनु हुँदैन, हाछियूँ गर्दा मुख छोप्ने गर्नुपर्दछ।

हामीले हातको प्रयोग धेरै गर्ने भएकाले यस्तो अवस्थामा हातबाट जीवाणु सर्न सक्छ, उक्त जीवाणु हाम्रो नाक वा श्वासको माध्यमबाट शरीरमा प्रवेश गरी संक्रमण हुने उच्च जोखिम हुन्छ।

मौसम परिवर्तन भएसँगै फ्लुको सिजन चलेकाले रुघाखोकी, ज्वरो ,श्वासप्रश्वास र छाती कसिनेजस्ता समस्या देखा पर्न सक्छन्। यस्ता लक्षण देखिएमा फ्लु भएको भन्ने बुझनु पर्दछ।

मास्क लगाउँदा नाक र मुख पूर्ण रूपले छोप्नुपर्ने छ।

साबुन पानीले यतिकै हात धुँदा कीटाणु नमर्ने भएकाले सही तरिका अपनाउनुपर्ने चिकित्सक बताउँछन्।

यी सात तरिकाले हात धुनुपर्ने पाण्डेको सुझाव छः

१.हत्केला राम्रोसँग माड्ने।

२.हातको बाहिरी भाग साबुनले मिच्ने।

३.हत्केलाको बीचमा औंला–औंलामा साबुन लगाउने।

४.मुठी पारेर हातलाई चलायमान बनाउने।

५.प्रत्येक औंलालाई एक–एक गरी धुने।

६.हातको नङको भाग पालैपालो माड्ने।

७ नाडी वरिपरिसम्म राम्रोसँग धुने।

तपाईको प्रतिक्रिया