Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – व्यस्त दिनचर्या र तनावका कारण आजभोलि मानिस खुलेर हाँस्दैनन् ।

भनिन्छ– ‘लाफ्टर इज द बेस्ट मेडिसियन ।’ दिनहुँ १० मिनेट खुलेर हाँस्दा स्वास्थ्यमा निकै फाइदा पुग्छ ।

  • हाँस्दा शरीरको रक्तसञ्चार राम्रो हुन्छ ।
  • हाँसोमा तनाव, पीडा, झगडालगायत समाप्त पार्ने शक्ति हुन्छ । मानिसको दिमागमा कुनैपनि औषधिले गर्न नसक्ने काम हाँसोले गर्छ । तनाव, अवसादजस्ता समस्यालाई हाँसोले समाप्त गरिदिन्छ ।
  •  हाँस्दा शरीरलाई बढी मात्रामा अक्सिजन प्राप्त हुन्छ । जसले गर्दा शरीरको प्रतिरोधात्मक क्षमता बढ्छ ।
  • हाँसोले पीडाबाट राहत दिलाउँछ । १० मिनेटसम्म खित्का छाडेर हाँस्दा दुखाइबाट आराम मिल्छ र मीठो निद्रा लाग्छ ।
  • हाँस्दा मुटुको व्यायाम हुन्छ । रक्तसञ्चार राम्रो हुन्छ । भनिन्छ–खुलेर हाँस्नेहरुमा हृदयघातको जोखिम कम हुन्छ ।
तपाईको प्रतिक्रिया