Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – विश्वका बहुसंख्यक मानिसहरू पूँजीवादको वर्तमान स्वरूपले फाइदाभन्दा धेरै हानी गरिरहेको विश्वास गर्छन् । डेभोस बैठकअघि सार्वजनिक गरिएको एउटा सर्वेक्षणले यस्तै निष्कर्ष निकालेको छ ।

दुई दशकदेखि प्रमुख संस्थाको विश्वसनीयताबारे दशौं हजार मानिसको सर्वेक्षण गरेको इडेल्म्यान ट्रष्ट ब्यारोमिटरले पहिलो पटक पूँजीवादबारे सर्वेक्षण गरेको हो । अघिल्ला सर्वेक्षणमा असमानता बढ्दै गएको देखिएपछि पश्चिमा देशमा पूँजीवादमा आधारित लोकतन्त्रमाथि नागरिकलाई शङ्का भए नभएको सोध्न बाध्य भएको सर्वेक्षणकर्ताले जनाएका छन् ।

अमेरिकी सञ्चार कम्पनी इडेल्म्यानले गरेको अध्ययनका प्रमुख अनुसन्धाता डेभिड बेरसोफले भने, ‘मानिसहरू आज हामीसँग भएको र हामी बाँचेको संसारले राम्रो भविष्य दिनसक्छ त भनेर सोधिरहेका छन् ।’ सर्वेक्षणमा २८ देशका ३४ हजारभन्दा धेरै मानिस सहभागी भएका थिए । अमेरिका र फ्रान्सजस्ता पश्चिमका उदार लोकतन्त्रदेखि चीन र रूसलगायतका देशमा यो सर्वेक्षण गरिएको थियो । सर्वेक्षणका ५६ प्रतिशत सहभागीले आजको पूँजीवादले संसारलाई फाइदाभन्दा धेरै हानी पुर्या्एको बताए ।

राजनीतिक वैज्ञानिक फ्रान्सिस फुकुयामाका सिद्धान्त अन्वेषण गर्न सन् २००० मा उक्त सर्वेक्षण सुरू गरिएको हो । कम्युनिष्ट व्यवस्थाको पतनपछि उदार पूँजीवादी लोकतन्त्रले प्रतिद्वन्द्वी विचारधारालाई विदाइ गरेको घोषणा गर्दै फुकुयामाले इतिहासको अन्त्य भएको बताएका थिए । फुकुयामाको यो निष्कर्षलाई आलोचकहरूले चुनौती दिँदै आएका छन् । उनीहरू चीनको बढ्दो प्रभावदेखि निरंकुश नेताको विस्तार, व्यापार सुरक्षा र सन् २००७/०८ को विश्व आर्थिक संकटपछि बढ्दो असमानतालाई औंल्याउँछन् ।

राष्ट्रिय स्तरमा क्रमश: ७५ र ७४ प्रतिशतसहित थाइल्यान्ड र भारतमा पूँजीवादमाथि बढी विश्वास भएको पाइयो। फ्रान्समा ६९ प्रतिशतले पूँजीवादमा विश्वास गर्छन् । अन्य एसियाली, युरोपेली, खाडी, अफ्रिकी र ल्याटिन अमेरिकी राज्यमा पनि बहुमतले पूँजीवादलाई विश्वास गरेको पाइयो । अष्ट्रेलिया, क्यानडा, अमेरिका, दक्षिण कोरिया, हङकङ र जापानमा मात्रै बहुमतले पूँजीवादले बढी हानी पुर्यााएको विश्वास गर्छन् ।

प्राविधिक प्रगतिको गति र रोजगार असुरक्षादेखि सञ्चारमाध्यमप्रति अविश्वास र वर्तमान चुनौती सामना गर्न सरकार तयार नभएको लगायतका विभिन्न चिन्ता रहेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा अन्य देशभन्दा एसियालीहरू आर्थिक सम्भावनालाई लिएर बढी सकारात्मक रहेको देखियो । कलेजस्तरको अध्ययन गरेका र सम्पन्नहरू वर्तमान शासनबारे बढी विश्वस्त रहेको पनि पाइयो । यसले विचारको भिन्नता प्रष्ट देखाएको छ ।

साथै, सरकारभन्दा व्यवसायलाई मानिसले बढी विश्वास गर्ने गरेको पनि पाइएको छ । ९२ प्रतिशत कर्मचारीले कम्पनीका प्रमुख कार्यकारी अधिकृतले आजको सामाजिक र नैतिक मुद्दाबारे बोल्नुपर्ने बताएका छन् । ‘पप्युलिस्ट र पार्टिसन सरकारले ल्याएको शून्यमा व्यवसाय जमेको छ,’ इडेलम्यानका प्रमुख कार्यकारी अधिकृत रिचर्ड इडेल्म्यानले भने, ‘अब सधैं झैं व्यवसाय मात्रै हुँदैन जसको विशेष ध्यान शेयरधनीको लाभमा केन्द्रित हुन्थ्यो ।’

तपाईको प्रतिक्रिया