Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – चीनको वुहानबाट फैलिएको नोवलकोरोना भाइरस संक्रमणका कारण हङकङमा एकजनाको मृत्यु भएको छ ।

हङकङमा पहिलोपटक एकजनाको मृत्यु भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । हङकङको प्रिन्सेर मार्गरेट अस्पतालमा उपचाररत ३९ वर्षीय एकजनाको मंगलबार मृत्यु भएको हो ।

उनी हङकङमा १३ औं संक्रमित थिए । उनी जनवरी २१ मा वुहान गएको र दुई दिनपछि हङकङ फर्किएका थिए । सोही दिन उनलाई क्‍वीन एलाजेवेथ अस्पतालमा परीक्षणका क्रममा कोरोनाको संक्रमण भेटिएको थियो ।

मृतक ती व्यक्ति वाम्पाओ गार्डेनमा आफ्नी आमासँग बस्दै आएका थिए । उनलाई पनि फेब्रुअरी २ मा कोरोनाको संक्रमण भएको पुष्टि गरिएको छ ।

चीनमा अहिलेसम्म ४२५ जना, फिलिपिन्समा एकजनाको मृत्यु भएको छ । त्यसैगरी अहिलेसम्म विश्वभर २० हजारभन्दा बढी कोरोनाको संक्रमण भएको पाइएको छ ।

तपाईको प्रतिक्रिया