Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – आजभोलि मोजा नलगाई जुत्ता लगाउने चलनले हामीलाई कतिको नराम्रो प्रभाव पारिरहेको छ भन्ने धेरैलाई थाहा छैन । विशेषगरी पुरुषहरुले त्यसरी मोजा नलगाई जुत्ता लगाएर हिँड्ने गरेका छन् फलस्वरुपः खुट्टामा संक्रमण हुने खतरा बढी हुन्छ ।

विशेषज्ञका अनुसार एकदिनमा खुट्टाबाट ३०० मिली लिटर पसीना निस्किन्छ ।

यस्तोमा धेरै गर्मी भएका दिन त सामान्य मानिसको खुट्टामा पनि खेलाडीको जस्तै फंगसले संक्रमण गर्न सक्छन् । झनै मोजा नलगाउने मानिसमा यस्तो संक्रमण सजिलै फैलन्छ । खुट्टाकी विशेषज्ञ एमाले पनि धेरै पसिनाको परिणाम निकै नराम्रो हुने बताएकी हुन् ।

संक्रमणबाट बच्नका लागि एमाले यस्तो सुझाव दिएकी छन्-
१. सकेसम्म कम समयका लागि मात्र बिना मोजा यात्रा गर्ने
२. जुत्ता लगाउनु अघि खुट्टाको तल पसिना नआउने स्प्रे लगाउने
३. यति गर्दागर्दै पनि तपाईको खुट्टामा संक्रमण भयो र दुख्न छाडेन भने तुरुन्तै चिकित्सक कहाँ गइहाल्नुपर्छ ।

तपाईको प्रतिक्रिया