Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – कोरोना भाइसका कारण नेपाल-चाइना हवाई उडान प्रभावित हुने भएको छ । केहि दिनयता चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि सतर्कताका लागि भन्दै एयरलाइन्स कम्पनीहरुले अन्तरदेशीय उडान स्थगित गर्न लागेका हुन् ।

नेपाल-चीन दैनिक उडान भर्दै आएका हिमालयन एयरलाइन्ससहित चार वायु सेवा कम्पनीहरुले उडान स्थगित गरिसकेका छन् भने, ‘दुई कम्पनीहरुले पनि आफ्नो उडान केहि समयको लागि स्थगित गर्ने जनाइसकेका छन् ।’

चीनबाट नेपाल दैनिक उडान भर्दै आएका एयर चाइना, टिवेटियन एयर, सिचुवान एयर र तिब्बत एयरलाइन्सले आफ्नो उडान बन्द गरिसकेका छन् भने, ‘चाइना साउदन एयरले बिहानको उडान बन्द गरिसकेको र बेलुकाको उडान मात्र अहिले जारी राखेको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिएका छन् ।

क्षेत्रीकाअनुसार अस्थाई रुपमा स्थगित गरिएको सबै उडान फ्रेब्रुअरी २८ तारिख सम्मका रहने छ । हाल हिमालयन एयर लाइन्ससहित ६ वटा एयरलाइन्सहरुले नेपाल-चाइना उडान भर्दै आइरहेका छन् ।***

तपाईको प्रतिक्रिया