Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

ललितपुर – ललितपुरको दक्षिणक्षेत्र महाँकाल गाउपालिकालाई नेपाल रेडक्रसले महिन्द्रा बोलेरो एम्बुलेन्स गाडि हिजो शनिवार उपलव्ध गराएको छ । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले गाउपालिका भवन परिसर, गोटीखेलमा महाँकाल गाउपालिका प्रमुख रामचन्द्र दाहाललाई एम्बुलेन्स गाडि र त्यसको साँचो हस्तान्तरण गरेका हुन् ।

‘बीमा, पेन्टिङ र लेखनसहित १२ लाख रुपैँयाको ‘ग’ वर्गको गाडि सहयोग पाएकोमा अध्यक्ष दाहालले खुशी व्यक्त गर्दै भने, दुर्गम यस क्षेत्रमा एम्बुलेन्सको अति खाँचो छ, चालकको भर्ना गर्न पदपूर्ति सूचना निकालिसकिएको छ र छिटै यो सेवा सुचारु हुनेछ ।’ अध्यक्ष सञ्जीव थापाले सामान्यतया रेडक्रसको उपशाखाले नै एम्बुलेन्स सञ्चालन गर्ने प्रचलन भएपनि एम्बुलेन्स सेवा नीति अनुसार आवश्यक स्रोत साधन र कर्मचारी व्यवस्था सरल हुने र दीगोपना आऊने अपेक्षा गरी गाउपालिकाको अनुरोधमा पालिकालाई नै गाडि उपलव्ध गराइएको जानकारी दिए ।

ललितपुर रेडक्रसका सभापति बाबुराजा महर्जनको सभापतित्वमा सञ्चालित हस्तान्तरण कार्यक्रममा गाउपालिका उपाध्यक्ष कमला लामा तामाङ, वडा अध्यक्षहरु, नेरेसोका कार्यकारी निर्देशक उमेश ढकाल, निर्देशक दिव्यराज पौडेल, बुद्धि सागर श्रेष्ठ, वेलायती रेडक्रसका प्रतिनिधि सोनाक्षी देव लगायत स्थानीयको उपस्थिति रहेको थियो ।नवनिर्मित स्वास्थ्य चौकी हस्तान्तरण र सामग्री सहयोग 
महाँकाल गाविसको वडा नं ५ को नमन डाँडामा नेपाल रेडक्रसले चन्दनपुर स्वास्थ्य चौकी भवन निर्माण गरी हस्तान्तरण गरेको छ । नेरेसो अध्यक्ष संजीव थापाले गत वर्ष पौषमा शिलन्यास गर्नुभएको कर्मचारी आवास सहितको दुइतले नवनिर्मित भवनको संघीय सभाका माननीय सांसद नवराज सिलबालले समुद्घाटन भएको हो ।

रेडक्रसले सो निर्माणका अलावा थप २ वटा स्वास्थ्य चौकीलाई उपकरणहरु पनि उपलव्ध गराएको छ । स्वास्थ्य चौकीका अहेव कलाधर नेपालीले भने, ‘वर्थिङ सेन्टर फोहर र साँघुरो थियो, फोहर डिस्पोज गर्ने व्यवस्था थिएन, रेडक्रसले ती समस्या पनि समाधान गरिदिएको छ ।’ गाउपालिका उपाध्यक्ष कमला लामा तामाङले एक वर्ष भित्रै दुर्गम स्थानमा निर्माण सम्पन्न भई समयमै हस्तान्तरण भएको यो ललितपुरमै नौलो कुरा भएको बताइन् । उनले भनिन-विकट वडाहरुमा सञ्चालित रेडक्रसको सामुदायिक विकास सबलिकरण कार्यक्रमले पनि जनताहरु प्रभावित छन् ।सामुदायिक विकास सबलिकरण कार्यक्रम लोकप्रिय 
गोटीखेल ललितपुरकी गोमा परियार आफ्नो गाँऊमा शौचालय, धारा, तरकारीबारी जस्ता क्षेत्रमा गएको नौ महिनामा आएको परिवर्तन देखेर दङ्ग छन् । गोमाले आफैले रेडक्रसको सहयोगमा पाएको ३२ हजार पाँचसय नगदबाट पहिले नगरेको तरकारी खेती सुरु गरेकी गरी पहिलो चरणको १५ हजार आम्दानीले लुगा सिलाऊने परम्परागत पेशालाई पनि विस्तार गरेका छन् । उनको आम्दानी दोव्वर भएको छ ।

गोमाजस्तै महाँकाल गाउपालिकाको ३,४ र ५ नम्बर वडामा ६ सय २३ घरधुरीका मानिसले जीविकोपार्जन सुधारको लागि नगद सहयोग पाएको नेरेसो सञ्चार विभागका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । छ वटा विऊ बोका, २० वटा स्प्रे मेशिन, गोठ सुधार, शौचालय निर्माणमा नगद सहयोग पनि समुदायका विपन्न मानिसहरुले पाएका छन् ।

बजारसम्म तरकारी लैजान तथा वेच्न सहयोगार्थ कृषि समुह मार्फत २० वटा जोख्ने मेशिन, ४०० वटा क्रेटहरुपनि सहयोग भएको छ । बेलायती रेडक्रसको सहयोगमा सबलिकरण कार्यक्रममार्फत् ३ वटा खानेपानी योजना सम्पन्न भई १०४ वटा घरमा धारा जडान भएको छ । कार्यक्रम संयोजक क्षितिज आचार्यले बताए, ‘पानी संकलन र संरक्षणको लागि ४ वटा प्लास्टिक पोखरी निर्माण, गोरेटो बाटो निर्माण तथा एउटा पुल निर्माण जस्ता गतिविधिका साथै तरकारी खेती तालिम स्थानीयले असाध्यै रुचाएको पाइएको छ ।’

नेरेसोका कार्यकारी निर्देशकले नेपाल रेडक्रसका निकायहरुले स्वास्थ्य, खानेपानी, विपद पूर्वतयारी र संस्थागत विकासको क्षेत्रमा आवश्यकता र स्रोतको उपलव्धताका आधारमा देशभरिका स्थानीय निकायसँग सहकार्य बढाउँदै गएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया