Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडाैं – दक्षिण छिमेकी देश भारतले नेपाललाई दिने अनुदान रकम कटौती गरेको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमनले आर्थिक वर्ष सन् २०२०/०२१ को लागि घोषणा गरेको ३०.४२ ट्रिलियन भारतीय बजेटमा नेपाललगायतका देशलाई दिने अनुदान कटौती गरेकी हुन् ।

कटौतीसँगै यो वर्ष नेपाललाई भारतले विदेशी अनुदानमार्फत ८ अर्ब भारु दिनेछ । यो भनेको साढे १२ अर्ब नेपाली रुपैयाँ हो । अघिल्लो वर्ष भारतले पछि थपिएको २ अर्बसँगै कुल १२.५ अर्ब भारु अनुदान दिएको थियो । भारतले नयाँ बजेटमार्फत अनुदान दिने धेरै देशलाई दिने रकम कटौती गरेको हो ।

यस वर्ष भारतले ६९ अर्ब भारु दिनेछ । यसअघि ७५ अर्ब भारु अनुमानित अनुदान दिने बताइए पनि नयाँ बजेटमा अनुदान रकम कटौती गरिएको हो । नेपाल मौरिसस र भुटानपछि धेरै अनुदान पाउने देश हो ।

तपाईको प्रतिक्रिया