मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौँ – भारतको उत्तर प्रदेशमा एक व्यक्तिले श्रीमतीको टाउको छिनालेर प्रहरी चौकी पुगेका छन् । उत्तर प्रदेशको बाराबंकी जिल्लामा घरायसी विवादका क्रममा यो दर्दनाक घटना घटेको स्थानीय प्रहरीले जनाएको छ ।

ती व्यक्ति श्रीमतीको टाउको काटेर प्रहरी चौकी पुगेका थिए । अखिलेश रावत नाम गरेका ती व्यक्तिले श्रीमतीको टाउको बोकेर हिँड्दै गर्दा प्रहरीलाई देखेपछि ‘भारत माता की जय’ नारा लगाएका थिए । त्यस क्रममा उनले भारतको राष्ट्रगान पनि गाएका थिए ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया