Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए)को आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रत्येक ३-३ महिनामा आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धताअनुसार नयाँ कार्यसमितिको पहिलो आर्थिक प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको हो ।

कोषाध्यक्ष महेशकुमार श्रेष्ठले सार्वजनिक गरेको प्रतिवेदनअनुसार संघको खातामा १४ करोड रुपैयाँ बचत रहेको उल्लेख गरिएको छ । गत अक्टोवरमा सम्पन्न संघको नवौं विश्वसम्मेलनबाट मात्रै करिब ९ करोड बचत देखिएको छ । प्रतिवेदन अनुसार संघले थालेका लाप्राक नमुना बस्ती, शंखमुल पार्क, एनआरएन भवन लगायतका परियोजनामा करिब २५ करोड रुपैयाँ नपुगेको देखिएको छ भने संघको सचिवालयको सञ्चालनको रकमसहित खातामा १४ करोड ५८ लाख मौजुदा छ ।

नयाँ कार्यसमितिको पहिलो आर्थिक प्रतिवेदन वेभसाईटमार्फत शुक्रवार सार्वजनिक गरिएको हो । संघका कोषाध्यक्ष श्रेष्ठले प्रतिवेदनमा आउने सुझाव, सल्लाह र टिप्पणीले संघलाई परिस्कृत बनाउन सहयोग मिल्ने अपेक्षा गरिएको बताए । डिडिए प्रतिवेदन र आन्तरिक अडिटरबाट प्राप्त सुझावको आधारमा संघको लेखा प्रणालीलाई अझ व्यवस्थित तथा पारदर्शी बनाउँदै लैजाने भन्दै उनले संघलाई अझ संस्थागत गरिदै लगिने प्रतिवद्धता जनाए ।

कोषाध्यक्ष श्रेष्ठका अनुसार राष्ट्रिय समन्वय परिषदहरुले पनि हरेक ३-३ महिनामा आर्थिक प्रतिवेदन गैर आवासिय नेपाली संघ केन्द्रिय कार्यालयमा पठाउनका लागि सम्पूर्ण NRNA NCC लाई अनुरोध गरि सकिएको छ ।

प्रतिवेदनको सारंश यस्तो छ :-

१) लाप्राक नमुना बस्ती :-
• चन्दादाता र ब्याजबाट प्राप्त रकम: रु ४५ करोड ७ लाख
• अहिले सम्म लागेको खर्च: रु ४९ करोड
• बाँकि कामको लागि अनुमानित खर्च: रु ६ करोड ८ लाख
• नपुग रकम: रु १० करोड २१ लाख

२) एनआरएन भवन :-
• चन्दादाता र ब्याजबाट प्राप्त रकम: रु २२ करोड ३४ लाख
• अहिले सम्म लागेको खर्च: रु २८ करोड २६ लाख
• बाँकि कामको लागि अनुमानित खर्च: रु ७ करोड १८ लाख
• नपुग रकम: रु १३ करोड ९ लाख

३) शंखमुल पार्क :-
• चन्दादाताबाट प्राप्त रकम: रु १ करोड ३२ लाख
• लागेको खर्च: रु २ करोड ५१ लाख
• सेटल गर्न बाँकि: रु ३७ लाख
• नपुग रकम: रु १ करोड ५६ लाख

४) नवौं एनआरएन विश्व सम्मेलन :-
• प्रतिनिधी दर्ता शुल्क, स्पोन्सरबाट प्राप्त रकम: रु ५ करोड ४९ लाख
• खर्च: रु ३ करोड ९४ लाख
• बचत रकम: रु १ करोड ५४ लाख

५) सचिवालय :-
• सदस्यता शुल्क, निर्वाचन मनोनयन खर्च, आईसिसि सदस्य शुल्क लगायतबाट प्राप्त शुल्क: रु ८ करोड ६० लाख
• खर्च: रु ९७ लाख
• बचत: रु ७ करोड ६३ लाख

६) बैंक ब्यालेन्स: रु १४ करोड ५८ लाख 

आर्थिक प्रतिवेदनको पूर्णपाठ हेर्न दिईएको लिंकमा क्लिक गर्नुहोस् :- https://nrna.org/Financial-Report/Report

तपाईको प्रतिक्रिया