Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – बालबालिकाहरुलाई जन्मदिनको उपहारस्वरुप खेलौना दिनुभन्दा बरु बाहिर घुमाउन लैजानु उनीहरुको दिमागी विकासका लागि बढी महत्वपूर्ण रहेको स्वास्थ्यविद्हरुले बताएका छन् ।

बाल मनोचिकित्सक डाक्टर मार्गोट सन्डरल्यान्डका अनुसार बालबालिकालाई बाहिर घुमाउन लैजानु भनेको उनीहरुको मस्तिष्क वृद्धिका लागि ठूलो लगानी गर्नु सरह हुनेछ ।

उनका अनुसार पारिवारिक भ्रमणमा जाँदा दिमागको गहिराइमा रहेको ‘लिम्बिक’ क्षेत्रका दुई प्रणालीहरुको राम्रो एक्सरसाइज भइरहेको हुन्छ जुन घरैमा बसिरहँदा भने कुनै प्रयोगमा आउँदैनन् ।

ती दुई प्रणाली, ‘प्ले सिस्टम’ र ‘सिकिङ सिस्टम’ हुन् ।

डाक्टर मार्गटका अनुसार दिमागकको ‘प्ले सिस्टम’ ले बालबालिकाको खुट्टा माटोमा टेकिँदा, उनीहरु खुला ठाउँमा घाँसमा दौँडिदा, अभिभावकले पछाडि कि टाउकोमा राखेर घुमाउँदा लगायतका क्रियाकलपाका बेला मात्र काम गरिरहेको हुन्छ ।

त्यस्तै दिमागको ‘सिकिङ सिस्टम’ भने नयाँ कुरा देख्दा, त्यसको खोजी गर्दा, जङ्गल, समुद्र किनार लगायतका स्थल अवलोकन गर्दा सक्रिय हुने गर्दछ ।

यसरी बच्चाहरुको प्ले र सिकिङ सिस्टमको एक्सरसाइज बढ्नुले नै तिनहरुको ‘फ्रन्टल लोब’ विकिसत हुन मद्दत मिल्छ ।

दिमागको यो क्षेत्र नै जटिल बौद्धिक क्षमतासँग जोडिएको हुन्छ ।

जसमार्फत उनीहरुले कुनै पनि समस्या समाधान गर्न,  भावना वर्णन गर्न, स्मरण गर्न, भाषा सिक्न, निर्णय लिन लगायतका कामहरु गर्न सक्छन् ।

यस्तोमा यि सिस्टम जति धेरै प्रयोगमा आए, त्यति नै उनीहरुको बौद्धिक क्षमता बलियो हुँदै जानेछ ।

उनीहरुको दिमागी विकास बाहेक, प्ले र सिकिङ प्रणालीलाई पारिवारिक भ्रमण मार्फत प्रयोगमा ल्याउँदा बालबालिकामा खुसी वृद्धि हुने र समस्त स्वास्थ्य अवस्थामा पनि सधुार पुग्ने गर्दछ ।

 

तपाईको प्रतिक्रिया