Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – नेपालमा पछिल्ला वर्षहरुमा रेमिट्यान्सको वृद्धिदर कम हुँदै गएको छ । आर्थिक वर्ष २०७०/७१ मा २५ प्रतिशतले बढेको रेमिट्यान्स वृद्धिदर त्यसपछिका वर्षहरुमा क्रमशः घट्दै गइ आर्थिक वर्ष २०७१/७२ मा १३ दशमलव ६ प्रतिशत, आर्थिक वर्ष २०७२/७३ मा ७ दशमलव ७ प्रतिशत, आर्थिक वर्ष २०७४ मा ४ दशमलव ६ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा ८ दशमलव ६ प्रतिशत र आर्थिक वर्ष २०७५/७६ मा १६ दशमलव ५ प्रतिशतले बढेको देखिन्छ ।

आर्थिक वर्ष २०७६/७७ को दोस्रो महिनादेखि भने रेमिट्यान्स आप्रवाह रकममा केही कमी आएको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०६५/६६ मा कुल रेमिट्यान्स आप्रवाहको कुल गार्हस्थ उत्पादनसँगको अनुपात २१ दशमलव २ प्रतिशत रहेकोमा यस्तो अनुपात क्रमशः बढ्दै आर्थिक वर्ष २०७२/७३ मा २९ दशमलव ६ प्रतिशत पुगेको थियो । आर्थिक वर्ष २०७५/७६ मा यो अनुपात २५ दशमलव ४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको कात्तिकसम्म सबैभन्दा धेरै कतारबाट ५३ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । भारतबाट ४३ अर्ब १६ करोड रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनाको तथ्याङ्कअनुसार कुल रेमिट्यान्सको ५० दशमलव ३ प्रतिशत खाडी देशहरुबाट भित्रिने गरेको छ । यस अवधिमा यूएईबाट ४० अर्ब ८७ करोड, मलेसियाबाट २९ अर्ब ६६ करोड, अमेरिकाबाट २५ अर्ब ४२ करोड, जापानबाट २२ अर्ब ८७ करोड, कुवेतबाट ११ अर्ब ५२ करोड, बहराइनबाट ८ अर्ब ७९ करोड रेमिट्यान्स भित्रिएकाे छ ।

तपाईको प्रतिक्रिया