Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – आजदेखि नोवेल कोरोना भाइरसको परीक्षण नेपालमै हुने भएको छ । भाइरस परीक्षणका लागि आवश्यक उपकरण (पिसिआर) मेसिन भए पनि त्यसका लागि चाहिने रसायन नभएकाले यहाँ परीक्षण हुन सकेको थिएन ।

चीनबाट आएका एक व्यक्तिमा कोरोना संक्रमणको आशंका गरिएपछि परीक्षणका लागि हङकङ पठाइएको थियो । नेपालमा संक्रामक रोगको परीक्षण गर्ने प्रयोगशाला भए पनि त्यसमा चाहिने केमिकल नभएकाले सञ्चालनमा आउन नसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

‘विश्वभर फैलिएको भाइरसको नेपालमा पनि उच्च जोखिम भएकाले ‘शंकास्पद’ व्यक्तिलाई नेपालमै जाँच गर्न ल्याब सञ्चालनमा ल्याएको हौं,’ उनले भने । श्रेष्ठका अनुसार कोरोना भाइरसका लागि चाहिने केमिकल केमिकल भारतबाट मगाएको र आजै आइपुगेको उनले जानकारी दिए ।

ल्याबमा कोरोना भाइरस आशंका गरिएका टेकु अस्पालका तीनजना बिरामीको नमुनासमेत टेस्ट गरिएको छ । सरकारले बिरामीको परिक्षण शुल्क नलिने र सितैमा उपचार गर्ने व्यवस्था मिलाएको छ । चीनमा महामारीका रूपमा फैलिएको नोवेल कोरोना भाइरसले चीनमा ५६ को मृत्यु भइसकेको छ ।

८ सयभन्दा बढी प्रभावित भएका छन् । नेपालमा पनि यसको जोखिम उच्च रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । चीनबाट नेपाल आएका रुघाखोकीका बिरामीलाई विमानस्थलबाट सिधै तोकिएको अस्पतालमा पुर्‍याउने व्यवस्था मिलाइएको छ ।

आइतबार चीनबाट आएकी एक महिलालाई सामान्य रुघाखोकी र ज्वरो आएपछि उनलाई विमानस्थलबाट सिधै टेकु अस्पताल पठाइएको थियो । ती महिलामा भाइरसको कुनै लक्षण देखा नपरेको र अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया