Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – ताराखोला गाउँपालिकाले घरवास पर्यटनलाई बढावा दिएको छ । विसं २०७७ लाई ‘भ्रमण वर्ष’ घोषणा गरेको गाउँपालिकाले यही वर्ष गाउँपालिकाभित्र चार घरवास (होमस्टे) सञ्चालनमा ल्याइएको छ।

दुई घरवासमा गाउँपालिकाको आफ्नै लगानी छ । गत आवमा घरवास सञ्चालनका लागि गाउँपालिकाले रु १० लाख बजेट छुट्याएको थियो।

विनियोजित रकमले वडा नं २ अर्गलमा ‘किकल्टा घरवास’ र वडा नं ५ ठूलोहिलेमा ‘हिले घरवास’ शुरुआत भएको थियो । अर्गलमा सात घर र ठूलो हिलेका पाँच घरमा घरवास सेवा छ।

यस्तै गण्डकी प्रदेश सरकारको सहयोगमा वडा नं ४ छम्टुमा ‘ताराखोला बहुउद्देश्यीय सामुदायिक रेम्बो ट्राउट घरवास’ र वडा नं ५ मा ‘सीप सामुदायिक घरवास’ सञ्चालनमा ल्याइएको छ।

दुवै घरवासका लागि प्रदेश सरकारले रु १० लाखका दरले अनुदान दिएको थियो । गाउँपापालिकाको लगानीमा खुलेका दुई घरवासका लागि समेत यो वर्ष प्रदेश सरकारबाट अनुदान ल्याउन पहल भइरहेको छ।

‘गत वर्ष दुवै होमस्टेलाई पाँच/पाँच लाख अनुदान दियौँ, यो वर्ष स्तरोन्नतिका लागि केही बजेट छ’, – गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरले भने ।

गाउँपालिकाले सिकाइ र अनुभव आदानप्रदानका लागि अघिल्लो महिना घरवास सञ्चालकलाई अध्ययन भ्रमणसमेत गराएको थियो।

स्याङ्जाको सिरुबारी, लमजुङको घलेगाउँ र तनहुँको बन्दीपुर घरवासको भ्रमण गरिएको ‘किकल्टा घरवास’ सञ्चालक समितिका कोषाध्यक्ष केशकुमारी घर्तीमगरले जानकारी दिए ।
‘भ्रमणबाट धेरै कुरा सिकियो, घरवास कस्तो हुनुपर्छ, पाहुनाको सत्कार कसरी गर्ने भन्ने जानियो’, उनले भने ।

उनका अनुसार ‘किकल्टा’ घरवासमा आउने पाहुना/पर्यटकले स्थानीय खानाका परिकारसँगै र पारिवारिक बसाइँको आनन्द लिन्छन्।

‘कोदोको ढिँडो, मकै, आलु, स्थानीय कुखुराको मासु बढी रुचाउँछन्’, घरवास सञ्चालक घर्तीमगरले भने ।

सादा खानाको रु १७० र मासुको रु १५० मूल्य तोकिएको छ । यस्तै बास बसेको रु २५० लाग्छ ।
पेय पदार्थ र अन्य परिकार खाँदा छुट्टै पैसा तिर्नुपर्छ । यस्तै वडा नं ४ छम्टुमा सञ्चालित सामुदायिक घरवासमा २२ जना पाहुना राख्ने क्षमता छ।

‘होमस्टेमा ट्राउट माछासहित स्थानीय खानाका परिकार खुवाउँछौँ’ -, घरवास सञ्चालक समितिका अध्यक्ष पदम खत्रीले भने ।

गाउँले जनजीवन, खानपान, घुमफिर र संस्कृतिका हिसाबले ताराखोला धनी छ । ग्रामीण पर्यटनको विकास र प्रवर्धनका लागि घरवास कार्यक्रम प्रभावकारी मानिन्छ।

‘हामीकहाँ घरवास नै बढी उपयुक्त छ, भ्रमण वर्ष २०७७ लाई लक्षित गरेर घरवासको क्षमता बढाउन लगानी थप्दैछौँ’, गाउँपालिकाका अध्यक्ष घर्तीमगरले भने ।उनले भ्रमण वर्षमा बढीभन्दा बढी आन्तरिक पर्यटकलाई ताराखोला भित्र्याउने लक्ष्य रहेको उल्लेख गरे ।

पर्यटन प्रवर्धन तथा भ्रमण वर्ष सफल पार्न गाउँपालिकाले चालू आवमा रु ७० लाख बजेट छुट्याइएको थियो । उक्त बजेट पर्यटनमैत्री पूर्वाधार निर्माण र प्रचारप्रसारमा खर्च गरिने छ।

सडक स्तरीकरण, सरसफाइ, कला, संस्कृतिको संरक्षण, घरवासको स्तरीकरणलगायतका काम भइरहेको छ।
पर्यटकीय सम्भावनायुक्त भएर पनि पूर्वाधार र प्रचारप्रसार अभावले ताराखोला ओझेलमा छ।

व्यवस्थित सडक, पर्यटकीय पूर्वाधार र गन्तव्यस्थलको पहिचान गर्न सके ताराखोलाले पर्यटनमा फड्को मार्ने देखिन्छ। ताराखोलामा पर्यटक भित्र्याउन घरवास कार्यक्रमले टेवा पुग्ने विश्वास लिइएको छ।घरवासले अन्य गन्तव्यस्थलको समेत उजागर हुनेछ । स्थानीय उत्पादनका हिसाबले पनि ताराखोला परिचित छ।

यहाँको मुख्य उत्पादन आलु र भाँगो हो। यस्तै गाईघाटको झरना, डुडेलेलगायत दर्जनौँ पर्यटकीय गन्तव्यस्थल यहीँ पर्छन्।
ऐतिहासिक भुस पोल्ने, सिस्नो खोस्ने पर्व, असारे मेलाजस्ता मौलिक संस्कृति र परम्परा ताराखोलामा जीवित छन्। बागलुङ सदरमुकामदेखि ५० किमी मोटरयात्रामा ताराखोला पुगिन्छ। रासस

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया