Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – भन्सार विभागले आफ्ना सबै कार्यालयहरुलाई ‘क्यास लेस’ बनाएको छ। भन्सार जाचपासलाई पारदर्शी र छिटो छरितो बनाउनका लागि भन्सार महशुल बैंकिङ प्रणालीमार्फत लिन थालिएको महानिर्देशक सुमन दाहालले जानकारी दिएका छन्।

भन्सार दिवसका असरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक दाहालले भन्सारहरुमा नगद कारोबार बन्द भएको जानकारी दिए।

‘पहिले पहिले भन्सारमा नगदी रसिदमा पैसा तिरेर जाँच पास हुन्थ्यो’ उनले भने, ‘अब भन्सार क्यास लेस भएको छ। अहिले सबै भन्सारमा बैंक सिस्टममा भुक्तानी हुन्छ। भन्सार प्रशासनले क्यास कारोबार गर्दैन।’

उनले विस्तारै बैंकसँग पनि जानु नपर्ने गरी डिजिटल पेमेन्टमा काम गरिरहेको र यसका लागि राष्ट्र बैंक, मन्त्रालय र भन्सार विभागबीच छलफल भइरहेको जानकारी दिए।

दाहालले नेपालमा नेशनल सिंगल विण्डो सिस्टमको विकास भइरहेको र अबको केही समयपछि कार्यालयहरुको अन्तर समन्वयमा देखिएको समस्या हल गर्ने बताए।

सिस्टममा पहिलो चरणमा २१ भन्दा बढी कार्यालय एकै छातामुनि रहने भएकाले समन्वयको अभाव नदेखिने उनले उल्लेख गरे। ***

तपाईको प्रतिक्रिया