Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – चीनको वुहान र साङ्घाई शहरमा देखापरेको कोरोना नामक घातक भाइरस अमेरिका छिरेको छ। अमेरिकामा समेत कोरोना भाइरस पुगेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार आपत्तकालिन बैठक बोलाएको छ।

वुहानबाट अमेरिकाको सियाटल शहर पुगेका अन्दाजी ३५ बर्षीय व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अमेरिकाले कोरोना भाइरस आफ्नो देशमा फैलिएको पहिलो घटना दर्ता गराएको छ।

कोरोना भाइरस सरूवा रोग भएको पुष्टि

हालसम्म यो भाइरसका कारण चीनमा ६ जनाको मृत्यु भइसकेको छ। चीनियाँ राष्ट्रपति शी चिनफिङ्गले कोरोना भाइरस निमोनियालाई गम्भीररुपमा लिनुपर्ने बताएका छन्।  रहस्यमयी भनिएको यो भाइरस चीनका वुहान र साङ्घाईलगायतका शहरहरुमा फैलिरहेको छ। हालसम्म चीनमा मात्रै ३०० भन्दा बढी मानिसहरुमा यो भाइरसको संक्रमण देखिएको छ।

संकटकाल घोषणा हुनसक्ने थाइल्याण्ड, जापान र दक्षिण कोरियासम्मका नागरिकमा यो भाइरसको संक्रमण देखिएको छ। मानिसबाट मानिसमा सर्ने भनिएको यो भाइरसको संक्रमण अन्त्य गर्ने उपाय अझैसम्म थाहा लागेको छैन।

तपाईको प्रतिक्रिया