Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – चीनमा कोरोना भाइरस प्रभावितको संख्या तेब्बर गतिमा बढेको जनाइएको छ ।

सो भाइरस वुहानबाट शुरु भएकोमा अन्य शहरहरुमा पनि बढ्दै गइरुहेको छ । अहिले २०० भन्दा बढी मानिसलाई सो भाइरसले सताएको पुष्टि भएको छ ।

वुहानबाट सो रोगका भाइरस अहिले बेइजिङ्ग, सांघाई र सेन्जेनमा पनि फैलिएको छ ।

तीनजना मानिसको सो रोगबाट मृत्यु भएको छ । जापान, थाइल्याण्ड र दक्षिण कोरियामा पनि सो भाइरसका बिरामी देखिएको जनाइएको छ ।

सो भाइरसबाट निमोनियाको जस्तो लक्षण देखिने र एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गरेको चीनका सरकारी अधिकारीहरुले जनाएका छन् ।

श्वासप्रस्वास सम्बन्धी विज्ञ जोङ्ग नाशानले यो भाइरसका बारेमा अनुसन्धान गरिरहेका १४ जना मेडिकल कार्यकर्तालाई समेत यो भाइरसको असर देखिएको छ ।

कसरी यो फैलिरहेको छ भन्ने बारेको यकिन जानकारी अझै पनि अनुसन्धाताहरुले पत्ता लगाइसकेका छैनन् ।

बेलायतका विज्ञहरुले भने सो भाइरसको असर करिब  १ हजार ७०० मानिसमा देखिएको जनाएका छन् ।

सो भाइरसको असरबाट जोगिन विश्वका विभिन्न देशका बिमानस्थलमा चीनबाट आउने यात्रुलाई निगरानी गर्न थालिएको छ । (बीबीसी)

तपाईको प्रतिक्रिया