Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

आज अप्रिल ७ अर्थात विश्व स्वास्थ्य दिवस नेपाललगायत विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी याे दिवस मनाईंदैछ । विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओं) को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्वभर स्वास्थ्य दिवस मनाउने गरिन्छ ।

केही समयअगाडि विश्वका देशहरुकाे स्वास्थ्य अवस्थाका बारेमा एक तथ्यांक सार्वजनिक गरिएकाे थियाे । यसअनुसार स्पेन स्वास्थ्यकाे दृष्टीकाेणले सबैभन्दा अगाडि छ । करिब साँढे चार करोड जनसंख्या रहेको स्पेन विश्वको सबैभन्दा स्वस्थ देश हो । ब्लुमबर्गले २०१९ को फेबु्रअरीमा प्रकाशित गरेको एक रिपोर्टले स्पेन विश्वको सबैभन्दा स्वस्थ देश भएको बताएको छ । अध्ययनकर्ताले स्पेन स्वस्थ देश हुनुमा यहाँ मानिसको खानपान र जीवनशैलीको कारण रहेको बताएका छन् । स्पेनिसहरुको खानामा फ्याट र कार्बोहाइड्रेटको मात्रा कम हुन्छ, यसकारण पनि उनीहरु धेरै स्वस्थ छन् । स्वस्थ देशको सूचीमा दोस्रो स्थानमा इटाली रहँदा आइसल्यान्ड, जापान, स्विट्जरल्यान्ड, स्वीडेन, अस्ट्रेलिया, सिंगापुर र नर्वे क्रमशः तेस्रोदेखि नवौं स्थानमा छन् । १६९ देशको लिस्टमा नेपाल ११० औं स्थानमा छ । भारत नेपालभन्दा ९ स्थान पछाडि १२० औं स्थानमा छ ।

यसको मुख्य कारण धेरै नेपालीहरुकाे असन्तुलित आहार हुन्छ । नेपालीहरु स्वास्थ्यमा धेरै पैसा खर्च गर्दैनन्, त्यति सचेत पनि छैनन् । युरोपियनहरु स्वास्थ्यमा सबैभन्दा अगाडि हुनुको मुख्य कारण उनीहरुको मेडिटेरिनियन डाइट हो । स्पेनका मानिसहरु खानामा जैतुनको तेल र नट्स समावेश गर्छन् । योबाहेक ब्रेड, चामल, आलु, फलफूल, सागसब्जि, मेवाजस्ता खानेकुराहरु बढी प्रयोग गर्छन् ।

स्पेनिसहरु स्वास्थ्यका लागि हरेक वर्ष प्रतिव्यक्ति ३ हजार ३ सय ७० युएस डलर खर्च गर्छन् । स्वास्थ्य विशेषज्ञले पनि मेडिटेरेनियन डाइटलाई लो–फ्याट डाइटभन्दा राम्रो हुने बताउँछन् । यो डाइटले ब्रेस्ट क्यान्सर, हार्ट अट्याक र ब्रेन स्ट्रोकको खतरा कम गर्छ । यसले मोटोपनलाई पनि टाढै राख्छ ।

स्पेनको उत्तर–पश्चिमी इलाका नैरोनका बासिन्दाहरुको तौल बढ्न थालेपछि २०१८देखि त्यस क्षेत्रमा एक अभियान सञ्चालन गरियो । यसमा मानिसलाई हेल्दी डाइट लिनुका साथै एक्सरसाइज गर्न पनि अनुरोध गरियो । यो अभियानमा ३९ हजार ४२६ मानिस सहभागी भए । डाक्टरले दुई वर्षमा सबै मानिसको कुल १ लाख किलो तौल घटाउने लक्ष्य राखेका थिए । यहाँका मानिसलाई कम्तिमा २.५ किलो तौल कम गर्नु आवश्यक छ ।

मेडेटेरेनियन डाइट के हो ? 
विशेषगरी समुद्र तटीय क्षेत्रमा रहने मानिसहरु मेडेटेरेनियन डाइट लिन्छन् । यसमा सी-फुडबाहेक गहुँ, मकैजस्ता अन्नहरु खानामा समावेश गर्छन् । यो क्षेत्रका मानिसहरु आफ्नो खानामा निकै कम मात्रामा कार्बोहाइड्रेटको प्रयोग गर्छन् र प्रोटीन बढी खान्छन् ।

यसमा हरियो सागसब्जीका साथै माछाको प्रयोग हुन्छ । मेडेटेरेनियन क्षेत्रबाहेक अन्य देशका मानिसहरुले स्वस्थ रहन दाल, सोयाबीन दाल खान सक्छन् । नेपालजस्ता भूपरिवेष्ठित देशमा सि–फुड पाइँदैन् । सन्तुलित भोजनका लागि हरियो सागसब्जी, सायो मिल्कको बढी प्रयोग गर्नु आवश्यक छ । मेडेटेरेनियन डाइटमेडेटेरेनियन डाइट

हामी धेरै मात्रामा काब्रोहाइड्रेट भएको खानेकुरा खान्छौं, हरेक तरकारीमा आलु हुन्छ, तर स्पेन, इटली, जापानलगायतका देशमा काब्रोहाइड्रेट निकै कम प्रयोग हुन्छ । हामी मसलायुक्त खानेकुराबाट बच्न जरुरी रहेको भारतीय आहार विशेषज्ञ मेधावी गौतम बताउँछिन् । दक्षिण एशियाली देशहरुमा धेरै प्रयोग हुने यस्ता खानेकुराले लो–फ्याटी एसिड हुन्छ, जुन मुटुका लागि निकै खतरनाक छ । यस्तै कम सुगरयुक्त खानेकुरा लिनु उपयुक्त हुन्छ । पटक–पटक चिया पिउनुको साटो ग्रिन टि लिनु स्वास्थ्यका लागि लाभदायक छ ।

स्वस्थ रहने इटिङ प्यार्टन 
हामीले एक दिनमा खाने खानेकुरालाई कुन कुन समयमा प्रयोग गर्ने त्यसमा ध्यान दिनुपर्छ । हामी थोरै–थोरै समयमा खाना खाएर आफूलाई स्वस्थ राख्न सक्छौं ।धेरैजसो नेपालीहरु बिहान, दिउँसो र बेलुकामात्र खाने गर्छन् । तर हामीले दुई–दुई घण्टाको बीचमा खानु आवश्यक छ । यसले हाम्रो इनर्जी लेभलमात्रै बढाउने नभई सुगर पनि कन्ट्रोल गर्छ ।

तपाईको प्रतिक्रिया