आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौ – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले तत्काल संसद बैठक राखेर एमसिसी पारित गर्न माग गरेको  छ ।

आज बसेको संसदीय दलको बैठकले सरकारलाई ध्यानाकर्षण गराउँदै यस्तो आग्रह गरेको राष्ट्रिय सभाका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । संसद बैठक माघ ६ गते तोकिएको छ । प्रतिनिधि सभाको हिउँदे अधिवेशनबाटै एमसिसि अनुमोदन गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो ।

साथै उनले सभामुखको उम्मेदवारी दिने नदिने विषयमा सत्तापक्षसँग वार्ता गरेपछिमात्र तय हुने  बताए । संविधानले फरक दलको सभामुख र उपसभामुख हुने व्यवस्था भएकोप्रति ध्यानाकर्षण गराउँदै दाबी पेश गर्ने समेत जानकारी दिए । सत्तापक्षसँगको वार्तापछि अन्य उम्मेदवार उठाउने वा नउठानेबारे निर्णय गर्ने निर्णय संसदीय दलले गरेको छ ।

राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्न अन्य दलहरुलाई आग्रह गरेको छ। सभामुखमा संविधानको व्यवस्थाविरुद्ध कुनै पनि कार्य नगर्न पनि नेपाली कांग्रेसले सरकारलाई सचेत गराएको छ ।

तपाईको प्रतिक्रिया