आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले नेपालको उच्च शिक्षालाई कृषिसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

शुक्रबार संसदको दिगो विकास समिति बैठकमा सांसदहरुसँगको छलफलका क्रममा मन्त्री भुसालले विश्वविद्यालय तथा कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता औंल्याए । नेपालमा कृषिसम्बन्धि अध्ययनरअध्यापन गराउने कलेज नै नभएको भन्ने भनाई गलत भएको भन्दै उनले विश्वविद्यालय र अन्य कलेजहरुलाई कृषि कर्मसँग जोड्नुपर्नेमा जोड दिए ।

सांसद प्रमिला कुमारीले नेपालमा कृषि सम्बन्धि अध्ययन गराउने कलेजहरु पर्याप्त नभएको गुनासो गरेकी थिइन् । जवाफमा मन्त्री भूसालले विश्वविद्यालय नै नभएको भन्ने कुरा सही नभएको तर विश्वविद्यालय र कलेजको शिक्षालाई कृषिकर्मसँग कसरी जोड्न सकिन्छ भन्नेमा समस्या रहेको बताए ।

बजारमा कृषिको ठूलो जनशक्ति भएपनि त्यसलाई प्रयोग गर्न नसकिएको मन्त्री भुुसालको भनाई छ । मन्त्री भुसालले धानको उत्पादन बढाउन मन्त्रालय हरदम तयार रहेको बताए । प्रोजेक्ट बनाउने भन्दा उत्पादन बढाउने कुरामा मन्त्रालय तयार रहेको मन्त्री भुसालले बताए ।

तपाईको प्रतिक्रिया