Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – पोखराको मनिपाल अस्पतालमा एक महिलाले एकै पटकमा ४ बच्चाको जन्म दिएकी छिन् ।  पुतलीबजार – १, स्याङ्जाकी २६ बर्षिया सुनिता (पौडेल) प्रधानले एकै पटकमा ४ वटा बच्चाको जन्म दिएकी हुन् । ४ बच्चा सकुशल अस्पतालले जनाएको छ ।

पहिलो बच्चा छोरी १.६ किग्रा, दोश्रो छोरा ९१.३ किग्रा, तेश्रो छोरी ९१.३ किग्रा, चौथो ९१.४ किग्रा तौल रहेको जनाइएको छ । मनिपाल शिक्षण अस्पातलमा डा. महेन्द्र पाण्डेको नेतृत्वमा शल्यचिकित्साको माध्यमबाट ४ वटा बच्चाहरू सकुशल जन्मिएको बताइएको छ । आमा र सबै बच्चाको स्वास्थ्य राम्रो रहेको जनाइएको छ ।

८ लाखमा एक जनालाई चम्ल्याहा

मणिपाल शिक्षण अस्पतालमै डेढ दसकअघि पनि चम्ल्याहा बच्चाको जन्म भएको थियो। अस्पतालका शल्य चिकित्सक डा.महेन्द्र पाण्डेले चम्ल्याहा बच्चाको जन्म विश्वमा ८ लाखमा एक जनाबाट हुने जानकारी दिए।

तपाईको प्रतिक्रिया