Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – नेपालमा पछिल्लो जनगणनाले पुरुषभन्दा महिलाको संख्या बढी देखाए पनि पछिल्ला वर्ष छोरी जन्मिने क्रम घटेको बताइएको छ । यो अवस्था रहिरहेमा सामाजिक संरचना जोखिममा पर्न सक्ने विज्ञहरू बताउँछन् ।

देशका विभिन्न स्थानमा त्यहाँका स्थानीय र प्रदेश सरकारले छोरी जन्मिए विभिन्न सुविधा दिने कार्यक्रमहरू ल्याएका छन् । त्यो नीतिले ती स्थानहरूमा छोरी जन्मिने क्रम घटिरहेको र छोरीको अवस्था दयनीय रहेको पुष्टि गर्ने महिला अधिकारकर्मीहरू बताउँछन् ।

तर यस विषयमा हालसम्म संघीय सरकारले कुनै किसिमको अध्ययन-अनुसन्धान र कारबाही प्रक्रिया नथालेको सरकारी अधिकारीको भनाइ छ ।

काठमाडौं बस्ने सबिना (नाम परिवर्तन) की आठ वर्षिय एक छोरी छन् । दोस्रो गर्भ रहँदा फेरि छोरी नै भएको थाहा पाएपछि उनलाई विभिन्न दबाब आउन थाले । त्यसपछि उनले गर्भमा भएकी छोरी फ्याँकिन् । अहिले पनि उनलाई हरेक दिन सबैतिरबाट छोरा पाउने दबाब आइरहन्छ ।

उनी भन्छिन् – ’मेरी बहिनीले पहिलो सन्तानको रूपमा छोरो पाएकी छन् । उनलाई दोस्रो सन्तान जन्माउने कुरा समेत कसैले गरेका छैनन् । छोरी जन्माउने दबाब त आएकै छैन ।’
त्यस्तै नेपालगञ्जकी नाम बताउन नचाहने अर्की महिला पनि छोरा जन्माउनकै निम्ति गर्भपतन गराएको बताउँछिन् ।

उनको भनाइ छ, ’तीन छोरी छन् । छोरो जन्माउन भनेर पर्खेको, गर्भमा फेरि पनि छोरी आइन् । एउटा त्यसै खेर गयो, अर्को गर्भपतन गरें ।’

कानुन अनुसार विशेष अवस्थामा बाहेक १२ हप्तापछि भ्रुणको लिंग पहिचान गरेर गर्भपतन गराउन पाइँदैन । तर पनि पितृसत्तात्मक सोच, धार्मिक, साँस्कृतिक र सामाजिक लगायतका कारण लिंग पहिचानपछि छोरी भएमा गर्भपतन गर्ने क्रम पछिल्लो समय बढ्दै गएको जानकारहरूको भनाइ छ ।

यसले महिला पुरुषको जनसांख्यिक अन्तर बढाउने चिन्ता उच्च रहेको महिलाको क्षेत्रमा काम गर्नेहरू बताउँछन् । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्मा समग्र जनसंख्या हर्दा महिलाको संख्या बढी थियो । तर १४ वर्ष मुनिको संख्यामा छोरीभन्दा छोराको संख्या बढी थियो ।

महिला अधिकारको क्षेत्रमा सक्रिय लैंगिक मामिलाकी जानकार सरू जोशी श्रेष्ठका अनुसार नेपालमा छोरी जन्मिन कम भएको कुरा आजभन्दा २० वर्ष पहिले नै उठिसकेको थियो । तर यसमा खासै अनुसन्धान भएको थिएन । अहिले पनि विभिन्न गाउँ तथा नगरपालिकामा छोरीहरू जन्मिने क्रम कम भएको पाइएको छ । यो विषयमा सरकारले गम्भीर भएर आवश्यक कदम चाल्नुपर्ने उनी बताउँछिन् ।***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया