Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – विश्वभरका पाँच मध्ये एकमा असाधारण थकाइको समस्या हुने गरेको छ भने दश जनामा एकलाई बिना कुनै विशेष कारण लामो समयसम्म शरीरमा ऊर्जा नभएको जस्तो महसुस हुने गरेको पत्ता लागेको छ । यसबारेमा नयाँ अनुसन्धानहरुले नयाँ तथ्य सार्वजानिक गरिरहेका छन् ।

यसमा हामीले सेवन गर्ने पोषक तत्वहरुमा आइरनको कमीले गर्दा पनि यस्तो हुने गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको ३० प्रतिशत जनसङ्ख्या ‘एनेमिक’ अर्थात एनिमिया लागेको छ । एनिमिया भनेको रगतमा हेमोग्लोबिन वा रेड सेल्सको कमी हुनु हो । आइरन कम हुनासाथै रगतमा रेड ब्लड सेल्स कम हुँदै जान्छ र शरीरमा पर्याप्त हेमोग्लोबिन नहुँदा हाम्रा मांसपेशी र टिस्युहरुले पर्याप्त अक्सिजन पाउँदैनन् र राम्ररी काम गर्न सक्दैनन् जसले नै एनिमियाको अवस्था निम्त्याउँछ ।

राष्ट्रिय डायट तथा पोषण अध्ययन विभागले पत्ता लगाए अनुसार ११ देखि १८ वर्षका विश्वका ४८ प्रतिशत युवती, १९ देखि ६४ वर्षका २८ प्रतिशत महिला अनि ११ देखि १८ वर्षका दश मध्ये एक पुरुषमा आइरनको कमी छ । यसले हाम्रो शरीरको ऊर्जा स्तरलाई वास्तवमै नराम्ररी प्रभावित गर्न सक्छ । जस्तै कि हरेक क्षण थकान महसुस हुने, निद्रा लाग्ने । विशेषगरी महिनावारी भइरहेका युवतीहरुमा हेमोग्लाबिनको कमी थकानको प्रमुख कारण मानिन्छ । यस्तोमा शरीरलाई सक्रिय राख्न अनि फुर्तिलो रहन आइरन सेवन गर्न सकिने बताइएको छ ।

युवक र ६४ वर्ष मुनिका पुरुषहरुमा भने आइरनको कमी दुर्लभ मानिन्छ तर ६५ वर्ष माथिका पुरुषहरु चाहिँ विशेष जोखिममा हुन्छन् । यसको अर्थ के हामीले थकाइ लागेपछि आइरन चक्की सेवन गरिहाल्नु उचित हो ? वास्तवमा डाक्टरसंगको सल्लाहपछि मात्र यसबारेमा निश्चित हुँदा राम्रो मानिन्छ ।

यसरी आइरन बाहेक यी पोषक तत्वहरुको कमीले पनि मानिसमा थकान बढाउने गर्दछ । जस्तै कि भिटमिन डी को कमी हुनु पनि शरीरका लागि राम्रो होइन । सूर्यको किरण नै भिटमिन डीको राम्रो श्रोत हो । त्यस्तै भिटमिन बी१२ को कमीले पनि थकान बढाउँछ । त्यसैले भिटमिन बी १२ पाइने अण्डा, दूध, मासु, लगायतका खाद्य पदार्थ सेवन गर्न सकिन्छ । त्यस्तै ११ देखि १८ वर्ष उमेर समुहमा जिङ्क तत्व एकदमै कम हुने गर्दछ, यो दुर्लभ भएपनि यसले गम्भीर समस्या निम्त्याउन सक्छ । र यसमा सचेत पनि हुनुपर्छ किनकी जिङ्ंकको मात्रा धेरै भएमा पनि यसले एनिमिया गराउन सक्छ । ***

तपाईको प्रतिक्रिया