Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

जुम्ला – जुम्लाको पातारासी गाउँपालिकाले डाक्टरी पढ्न छात्रवृत्ति दिने भएको छ । पातारासी गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत चिकित्सा शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिन लागेको गाउँपलिका अध्यक्ष लक्षिमन बोहोराले बताए ।

‘एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नेछौं,’ अध्यक्ष बोहराले भने, ‘गाउँपालिकामै चिकित्सक बनाउने हाम्रो लक्ष्य हो ।’ यहाँका वासिन्दा आर्थिक रुपमा कमजोर छन् । जसले गर्दा चिकित्सा शिक्षा पढ्न सक्ने अवस्था नरहेको उनको भनाइ छ। त्यसैले गाउँपालिकाले छात्रवृत्ति प्रदान गर्न लागेको उनले बताए ।

यससँगै प्राविधिक शिक्षामा पनि गाउँपालिकाले छात्रवृत्ति प्रदान गर्दै आएको छ । चालू आवमा उच्चशिक्षा छात्रवृत्तिमा पाँच लाख र लोकसेवा तयारी कक्षाका लागि तीन लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।

उच्चशिक्षा छात्रवृत्ति अध्ययन गर्नका गाउँपालिकाभरिका इच्छुक व्यक्तिहरुबाट आवेदन सङ्कलन गर्न काम भइरहेको जनाएको छ । उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम कार्यविधि नै बनाएर काम शुरु गरेको जनाएको छ । पातारासीमा तीन हजार एक सय ७४ घरधुरीमा १७ हजार एक सय ३५ जना बसोबास गर्छन् । भौगोलिक रुपमा विकट र दुर्गम गाउँपालिका वासिन्दा आर्थिक रुपमा पनि कमजोर रहेका छन् ।

तपाईको प्रतिक्रिया