शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं  – पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकलाई नचाहिँदो विवादमा नपार्न आग्रह गरेका छन् । २९८औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा एक सन्देश जारी गर्दै ज्ञानेन्द्रले जनताको चाहना अनुसार अघि बढ्नु पर्ने जनाएका हुन् ।

‘जनमानसमा के छ र के भइरहेको छ सबैमा स्पष्टै छ,’ शाहले जारी गरेको सन्देशमा भनिएको छ, ‘राष्ट्र नायकहरूको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने, राष्ट्रिय अखण्डता र स्वभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्ने एवं मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयसा कतैबाट पनि हुनु हुँदैन ।’ सत्य कहिल्यै नहार्ने भन्दै उनले देशको भूमि रक्षाका लागि सबैले गहकिलो प्रयास गर्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया