शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

बुटवल – रुपन्देहीको सैनामैनामा सञ्चालित चौंथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औंद्योगिक ब्यापार महोत्सव अन्तर्गतकाे मम्मी डान्स प्रतियोगिताकाे ताज कल्पना डुम्रे ज्ञवालीले जितेकी छन् । १७ जना प्रतिस्पर्धीलाइ पछि पार्दै बुटवलकी चेली कल्पनाले प्रथम हुदै उपाधि चुमेकी हुन् ।

उनले ताज, नगद २० हजार रुपै‌या, प्रमाणपत्र र सम्मानपत्र जितेकी छन् । उनलाइ सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्री, नेपाली काँग्रेस सैनामैना नगर सभापति रामप्रसाद अधिकारी, संघका महासचिब दिपक अधिकारी, संघका सचिब हिमाल गैरे,डान्स प्रतियोगिताका संयोजक चन्दा भण्डारी लगायतले पुरस्कार प्रदान गरे । उनी यसअघि बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल देवीनगरमा भएको २० औं संस्करणको औद्योगिक व्यापार मेलाकाे मम्मी दान्स प्रतियोगितामा द्वितीय भएकी थिइन् ।

प्रतियोगितामा रुद्रपुरकी अस्मिता थापा द्वितीय र बुटवलकी सोनी सेन्जाली तृतिय हुन सफल भइन् । उनीहरुलाइ क्रमश नगद १५ हजार र १० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरे । साे कार्यक्रमकाे स‌चालन संचारकर्मी कृष्ण भण्डारीले गरेका थिए । प्रतियोगितामा १७ सहभागि मध्येबाट पहिलाे दिनकाे नाचबाट १० जना दोश्रो चरणका लागि छनौट भएका थिए ।

त्यस्तै, आज डान्स आइडल,राष्ट्रिय कलाकार पशुपति शर्मा,रितु थापा,शारदा प‌गेनी,पुरुषाेतम पाैडेल, लगायतकाे प्रस्तुती रहेकाे स‌ास्कृतिक उपसमिति संयाेजक हिमाल गैरेले बताए । २२० स्टल रहेको मेलामा करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र ५ करोड बराबरको करोबार गर्ने लक्ष्य रहेको सैनामैना उद्योग बाणिज्य संघका महासचिब दिपक अधिकारीले जानकारी दिए । राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औधोगिक व्यापार महोत्सव माघ ६ गते सम्म संचालन हुनेछ ।

तपाईको प्रतिक्रिया