आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सभामुखको कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक फेरि पनि स्थगित भएको छ । प्रतिनिधि सभाको आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

संसद सचिवालयले सूचना टाँसेर माघ गते दिउँसो १ बजेका लागि अर्को बैठक बोलाएको हो । नेकपा भित्र सहमतिको प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा उपसभामुख शिवमाया तुम्बाहाङफेसहितको आइतबार बिहानैदेखि शीर्ष नेताहरुबीचको छलफल बिना निष्कर्ष सकिएको थियो ।  बैठकमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई बैठक स्थगित गर्न सुझाव दिइएको बताइएको छ । शीर्ष नेताहरूले आग्रह गरेपछि तुम्बाहाङ्फेले बैठक स्थगित गर्न आफू तयार भए पनि पटक-पटक सूचना टाँसेर बैठक रोक्दा राम्रो सन्देश नजाने बताएकी थिइन् । भेटका क्रममा तुम्बाहाङ्फेले पार्टीले आफूलाई राजीनामा दिन भनी गरेको निर्णयको औपचारिक पत्र मागेको नेकपा स्रोतले बतायो ।

बैठकमा प्रधानमन्त्री ओलीसँगै अर्का अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल लगायतका नेताहरु सहभगी थिए । नेकपामा उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने प्रयास भइरहे पनि उनले अस्वीकार गर्दै आएकी छन् ।

तपाईको प्रतिक्रिया