Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – सरकारले जयनगर-बर्दिवास रेललाइन निर्माणका लागि आयात गरिने विभिन्न सामानमा लाग्ने भन्सारमा छुट दिने निर्णय गरेको छ ।

रेललाइनका लागि आवश्यक पर्ने विजलपुरा स्टेशनमा स्टाफ क्वाटर्स, स्टेशन बिउल्डिङ, प्लेटफर्म आदिका लागि चाहिने ३ लाख ८५ हजार भारतीय रुपैयाँ बराबरको सामानमा लाग्ने भन्सार छुट दिएको हो ।

पुस २१ मा राजपत्रमा सूचना प्रकाशित गरी सरकारले रेललाइन निर्माणका सामग्री आयातकर्ता कम्पनी एमएस जेके मिश्रा भगलपुर बिहारलाई कर तथा महसुल छुट दिएको हो । सरकारले आर्थिक ऐन २०७६ को दफा १८ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी सो छुट दिएको हो ।

त्यस्तै सरकारले भारत सरकारबाट विभिन्न स्वास्थ्य तथा शिक्षण एवं सामाजिक संघ संस्थाहरुको लागि उहारस्वरुप प्राप्त हुने ५० लाख ८८ हजार भारुको ६ वटा स्कुल बस र १ करोड ४० लाख ७० हजार भारुको ३० वटा एम्बुलेन्स आयातमा लाग्ने कर छुट दिने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया