Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – चीनको जियांग्सु प्रान्तको नानजिंग सहरमा ९२ वर्षीय डाक्टर आओ आज पनि सजिलै बिरामीको उपचार गर्छिन् । सन् १९९४ मा आफ्नो पेशाबाट अवकाश पाएकी उनी आज पनि उत्तिकै स्वस्थ र फूर्तिलो छिन् । उनी भन्छिन्, ‘मैले अवकाश पाएकी हुँ तर मेरो ज्ञानले अवाकाश पाएको छैन।’

‘बिरामीका लागि म सधैं उपस्थित हुनेछु’, उनले भनिन् । यसरी अवकाश पाएको भोलिपल्ट नै उनले फेरि काम सुरु गरेकी थिइन् । उनी चार दशकदेखि उपचारमा समर्पित छिन् । २५ वर्षदेखि एक मेडिकल सिपाहीको रुपमा काम गरीरहेकी छिन् । उनी एक सिपाही सरह निरन्तर बिना कुनै स्वार्थ आफ्नो काममा तल्लीन छिन् । उनी भन्छिन्, ‘एक हप्तामा ६०० जना बिरामीको उपचार गर्छु ।’

डा. आओ ‘फिजिसियन र ब्लड डिजीज स्पेशलिस्ट’ हुन् । उनको जन्म १९२८ मा भएको थियो । उनको श्रीमान र छोरा पनि यही पेशामा आवद्ध छन् । उनी भन्छिन्, ‘मलाई आफ्नो काममा मजा लाग्छ । म खुशी हुनुको कारण मेरो काम हो,’ ।

आओको दिमागमा सधैं उनको बिरामीहरुको ध्यान मात्र हुन्छ । म आफूले सक्ने बेलासम्म काम गरिरहनेछु । यो मेरो दैनिक कसरत बनेको छ । सहायता नपाएका व्यक्तिहरुको लागि उनी सधैं तयार रहन्छिन् ।

म आफ्नो उमेरको बारेमा किन सोच्ने, मलाई आफ्नो पेशासँग माया छ । जीवनको अन्तिम अवस्थासम्म पनि उनी यसरी सेवा दिने प्रतिवद्धता जनाउने गर्छिन् ।

तपाईको प्रतिक्रिया