Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – दिनभरी काम गर्दा हामीलाई थकाइ महसुस हुने गर्छ । थकाइको कारण हामीलाई काम गर्न मन लाग्दैन । कोहि मानिसलाई छिट्टै थकाइ लाग्छ त कसैलाई अलि ढिलो लाग्ने गर्छ ।

थकाइ लागेको समयमा के गर्ने त ? यो कुरा प्राय कसैलाई थाहा हुदैन । थकाइ लागेको समयमा आफुलाई कसरी फेरी फ्रेस बनाउने भन्ने कुरा जानी राख्नाले हामीलाई काम गर्न सजिलो हुने गर्छ ।

थकाइ लागेको समयमा फ्रेस हुन मद्धत गर्ने कार्यहरु यस्ता छन् 

१) तालि बजाउनुहोस 

तालि बजाउदा हत्केलामा एक प्रकारको चाप (प्रेसर) उत्पन्न हुन्छ । जसले शरीरमा नयाँ स्फुर्ती ल्याउँछ । हाम्रो शरीरमा स्टोर रहेको उर्जा रिलिज हुन्छ र शरीर मानौं रिचार्ज हुन्छ ।

२) यताउता डुल्नुस् 

थकान महसुस भएमा बसेको ठाउँबाट उठेर यताउता डुल्नुहोस् । आफ्नो वरिपरि १० मिनेटमात्र डुल्ने हो भने पनि तपाईलाई दुई घण्टाका लागि उर्जा प्राप्त हुन्छ । किनकी एक छिन यताउता डुल्दा मात्र पनि दिमाग तथा मांसपेशीलाई अक्सिजन मिल्छ, जसले गर्दा शरीर उर्जवान हुन पुग्छ ।

३) पानी पिउनुहोस 

शरीरमा पानीको मात्रा कम भएमा पनि थकान महसुस हुने गर्छ । शरीरमा पानीको कमी भएमा ‘डिहाईड्रेसन’ हुन्छ, जसले गर्दा थकान महसुस हुने गर्छ । शरीरमा थकान महसुस हुनासाथ पानी पिउनु जरुरी छ । शरीरमा पानी कम नहोस् भन्नका लागि भरपूर मात्रा पानी भएका फलफूलसमेत खान सकिन्छ ।

४) ब्रेकफास्ट गर्नुस् 

दिनभर सक्रिय रहन विहानको खाना आवश्यक छ । विहानको खानाले शरीरलाई उर्जा प्रदान गर्छ , जसका कराण शरीर सकि्रय रहन्छ । त्यस्तै, विहानमा यस्तो खानेकुरा खाने गरौ जसमा प्रोटीन तथा फाइबरको मात्रा धेरै होस् र चिनी तथा बोसोको मात्रा कम होस् ।

५) कुराकानी गर्नुहोस् 

यदी तपाई अफिसमा हुनुहुन्छ र बेलाबेलामा थकान महसुस हुन्छ भने सँगैको साथीसित केहीबेर कुरा गर्नुस् । घरमा एक्लै हुनुहुन्छ भने कसैलाई फोन गर्न सक्नुहुन्छ । कुराकानी गर्दा दिमाग सक्रिय रहन्छ र थकान महसुस हुन पाउदैन ।

६) गीत सुन्नुहोस् 

थकान कम गराउने अर्को राम्रो माध्यम भनेको गीत, संगीत हो । आफूलाई मन परेको गीत, संगीत सुनेर पनि थकान कम गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया